+
+
Shares

परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको ताला खोलियो

रासस रासस
२०७३ जेठ २१ गते १२:०५

Far-Western-University

२१ जेठ, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न माग राख्दै अनेरास्ववियुले दुई साताअघि परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला खोलिएको छ ।

अनेरास्ववियु र परीक्षा नियन्त्रकबीच तीनबुँदे सहमति भएपछि बिहीबार ताला खुलेको हो । अनेरास्ववियु कञ्चनपुरका सहसचिव कमल रोकायाले मागप्रति परीक्षा नियन्त्रक सकारात्मक भएपछि तालाबन्दी खोलिएको बताए ।

सहसचिव रोकायाका अनुसार परीक्षा नियन्त्रण कार्यालयको घरभाडा लिंदा प्रक्रिया पुगे-नपुगेको बारेमा परीक्षा बोर्डबाट छानबिन गर्न लगाई समाधान गर्ने, सेमिस्टर प्रणालीअन्तर्गत चलिरहेको परीक्षाको नतिजा अनुत्तीर्णसम्बन्धी परीक्षाका बारेमा परीक्षा बोर्डमा राख्ने र रोस्टरका लागि सूची तयार गरी परीक्षा बोर्डमा राख्ने सहमति भएको छ ।

अनेरास्ववियुका नेता र परीक्षा नियन्त्रक भाष्करदत्त जोशीबीच यस्तो सहमति भएको हो । परीक्षा नियन्त्रण कार्यालयमा जेठ ६ गतेदेखि तालाबन्दी गरिएको थियो । उपकुलपति र रजिष्ट्रार कार्यालयमा गरिएको तालाबन्दी भने यथावतै रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?