Comments Add Comment

नेपाली स्वादलाई अष्ट्रेलिया भित्र्याउँदै गुल्मीका श्याम

सिड्नी ।  मुस्ताङको कालो दाल, धरानको डल्ले खोर्सानी, टीमुरको छोप, पाल्पाको तामा, मस्याङ र गहत अनि गुन्द्रुक यतिखेर सिड्नीको बजारमा लोकप्रीय र नेपालीको पहिचान जोडिएको स्वादहरु हुन् ।

नेपाली बजारमै खोज्नु पर्ने अनि रोज्नु पर्ने यी खाध्यान्नहरु सीड्नीका नेपाली तथा भारतिय स्टोरहरुमा छयापछ्याप्ती पाइन्छन् । नेपाली समाज बाक्लिदै गर्दा अस्ट्रेलियामा पनि नेपाली स्वादका पारखीहरुको लागि टिपीकल खानाको महत्व बढ्दै गएको छ ।

shyam khatriयतिखेर काठमाडौमा सहजै नपाइने खाद्यान्न सिड्नीमा सहजै उपलब्ध हुन थालेका छन। यी सबै कुराहरुको चाँजो पाँजो मिलाउने काम गरेको छ नेपाली आयात निर्यात कम्पनी फोर कर्नर र यसका प्रवन्धक श्याम खत्रीले गरेका हुन् ।

बिजनेशमा मास्टर्स सकेर अमेरिकन बैंकमा सुहाउँदो जागिर पाएका श्याम खत्री नेपाली लोकल खाद्य सामाग्री आयात गर्ने सुत्रधार हुन । बैंकमा जागिर खादै गर्दा गुल्मीका श्याम खत्रीले धेरै खाले मुलुकको पहिचान सहितका उत्पादन बजारमा देखपछि खुल्दुली मेट्न नेपाली स्वाद र उत्पादन खोज्ने कोशिस गरे ।

बहुल सांस्कृतिक समाज भएको अस्ट्रेलियामा नेपाली समाजको प्रभुत्व बढ्दै गएको अवस्थामा आफ्नो स्वादका खाना नपाइने रोगले श्यामलाई पनि सताएको थियो । सानैमा रारा चाउचाउका फ्यान श्यामले त्यसपछि नेपाली उत्पादनको आयात गर्ने निर्णय लिए र जन्म्यो ,फोर कर्नर ।

उनले खेलेको आयात निर्यात कंम्पनी फोर कर्नरले यतिखेर नेपाली र नेपाली स्वाद मात्र हैन दर्शैको टिका देखि तिहारको मालासम्म अस्ट्रेलिया ल्याउने गर्छ ।  ‘हुन त हामीलाई खाना र अरु चिजले बिर्से पनि दशैका सप्तरंगी टिका र तिहारको सयपत्रीको माला र बिवाह ब्रतबन्धका कारण पनि संझने गर्छन नेपाली समाजले-‘ । श्याम ब्यापारको सामाजिक पाटोलाई यसरी ब्याख्या गर्छन ।

वाइवाइ चाउचाउ र चिउरा अनि नेपाली बियर श्यामका सबैभन्दा लोकप्रीय र सर्वाधिक डिमान्डका आयातीत खाद्यान्न हुन । तर टिमुर , मरिच , चुक र तामा पनि उनको बजारका आवश्यकता हुन । गुल्मीवाट अस्ट्रेलिया आउने पहिलो बिध्यार्थी बनेका श्याम खत्री सन १९९६ फेब्रुअरीमा सिड्नी आइपुगेका हुन ।

नेपालमा गुल्मी , रुपन्देहीको मणिग्रामहुँदै अस्कलको पढाइसकेर सिड्नी आइपुगेका श्यामले युनिभर्सिटी अफ वेस्टर्न सिड्नीवाट ब्याचलर र मास्टर्स गरेका छन । संघर्षका दिन संझदा काम नगरेको काम छैन नबसेको ठाउँ छैन भन्न नहिच्कीचाउने श्याम खत्री मिहिनेत र लगाव नै सफलताको कडि हो भन्न रुचाउछन ।

मानिसले उनलाई ब्यापारी भनेपनि उनमा एउटा सन्तुष्टी छ -‘ कमसेकम नेपालको सामान अस्ट्रेलिया ल्याएर बेचेको छु ,अनि नेपाली समाजलाई आफ्नो स्वादमा रमाउने बाताबरण बनाएको छु , श्याम भन्छन । प्रारम्भमा एउटा बरिष्ठहरूको जमघटमा परिचय दिदैं गर्दा श्यामले गुन्द्रुक र दाल बेच्छु भन्दा आफू हांसोको बिषय बनेको घट्नाले श्यामलाई थप उर्जा दिएको सुनाउछन ।

मैले गुन्द्रुक र तामा बेच्छु भन्दा धेरै मानिस हास्थे सिड्नीमा , अहिले धन्यबाद दिन्छन -‘ उनी पुरानो कुरा सुनाउँछन ।

अस्ट्रेलियाको स्थापीत बैंकको एनालिस्ट भएर बसेका श्यामको फरक तर्क छ , नेपालीपनसँग साइनो जोडिएका सामान सिड्नीमा पाउनु मेरो लागि मात्र होइन हामी सबैको लागि गर्वको बिषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment