Comments Add Comment

बक्षस्थलबाट सिलिकन झिकिन् सोफियाले, भन्छिन्-‘जुलाइबाट शारीरिक सम्बन्ध राखेको छैन’

sofia hayat change
‘वीग बोस’की सहभागी तथा मोडल सोफिया हायातको हट फोटोसुट त तपाइले हेर्नु नै भएको होला । फोटोसुटमा आफ्नो अंग प्रदर्शन गर्न माहिर मानिएकी यी मोडलमा अहिले एकाएक परिवर्तन आएको छ ।
उनी अहिले ‘मदर सोफिया’ भएकी छिन् ।

यी हट वालाले आफूलाई गरेको परिवर्तनले सिंगो बलिउड नगरि नै छक्क छ । हालै मात्र आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सोफियाले बक्षस्थलको आकार वृद्धी गर्नका लागेको राखेको सिलिकन समेत देखाइन् । उनले बक्षस्थलबाट सिलिकन झिकेकी छिन् ।

सोफियाले आफूलाई हट देखाउनका लागि थुप्रै पटक विभिन्न खालका सर्जरी पनि गरेकी छिन् । अब, उनले यो रंगिन दुनियाँ छाडेकी छिन् र आफूलाई परिवर्तन गरेकी छिन् ।

उनले पत्रकार सम्मेलनमा भनिन्-‘मेरो शरीरले अहिले शारीरिक सम्बन्धको आवश्यकता महशुश गर्दैन । मैले सन् २०१५ को जुलाइबाट शारीरिक सम्बन्ध राखेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment