Comments Add Comment

डिभोर्सको प्रतिशोध पोर्नसाइटबाट !

२४ जेठ, काठमाडौं ।  करिब सात वर्षअघि अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए ।

Divorceअस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे । करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे । आफैँले भिडियो खिचेर प्रतिशोध पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो ।

 त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे । सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए ।

उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे । फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो । त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् । तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए ।

पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए । त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो ।

प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्‍यो । प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ ।

साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखामा यससम्बन्धी दैनिक १० वटा उजुरी पर्छन् । ‘९० प्रतिशत फेसबुकसम्बन्धी उजुरी हुन्छन्,’ साइबर सेलका डिएसपी पशुपति रायले भने, ‘कतिपयले नजानेर तर कतिपयले अरूलाई दु:ख दिने नियतले यस्तो अपराध गरेको देखिन्छ ।’ धेरैजसो साइबर क्राइम प्रेमसम्बन्धसँग विवादबाट जन्मिने गरेको पाइएको छ । कतिपयले ब्लाकमेलिङका लागि समेत सामाजिक सञ्जालको दुरुपयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment