+
+

सडकमा नयाँ शक्तिको आफ्नै ट्राफिक !

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते ५:५२
Trafic police action (2)
फाइल फोटो

२५ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालले ३० जेठमा गर्न लागेको पार्टी स्थापना घोषणा कार्यक्रममा आफ्नै ट्राफिक सडकमा खटाउने भएको छ ।

संविधान जारी भएसँगै एमाओवादी त्यागेर छुट्टै पार्टी गठन अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्य नेतृत्वको नयाँ शक्तिले सो दिन शान्ति सुरक्षाका लागि आफ्नै स्वयंसेवक खटाउन लागेको आजको राजधानी दैनिकमा समाचार छ ।

ट्राफिक व्यवस्थापनका लािग पूर्वएआईजी तथा पूर्वट्राफिक प्रहरी प्रमुख गणेश राईले संयोजन गर्ने भएका छन् भने सुरक्षाका लागि पूर्वएआइजी नारायणप्रसाद पाण्डेलाई जिम्मा दिइएको छ ।

नयाँ शक्ति केन्द्रीय परिषद सदसइ तथा प्रवक्त खिमलाल देवकोटाले स्वंसेवकले ट्राफिक प्रहरी तथा सुरक्षामा खटिएका प्रहरीसँग समन्वय गरेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?