Comments Add Comment

भैरहेको छ एउटै नाममा २ फिल्मको निर्माण, तर किन मौन छ विकास बोर्ड ?

himmatwala poster doube
हाँस्य कलाकार दीपाश्री निरौलाले निर्देशन गर्ने भनिएको चलचित्रको नाम सुरुमा ‘लप्पन छप्पन’ राखिएको थियो । दीपाश्री र दीपकराज गिरीले चलचित्र विकास बोर्डमा नाम दर्ता गर्नु अगाडि नै मिडियामा सार्वजनिक गरिदिए । तर, जब उनीहरु नाम दर्ता गर्न बोर्ड पुगे, अर्कैले यो शिर्षक दर्ता गरिसकेको थियो । यसपछि केही हिस्स बनेका यी दुइले ‘छक्का पन्जा’ नाम दर्ता गरे र चलचित्र बनाए । ‘लप्पन छप्पन’ नाममा चलचित्रको छायांकन यूरोपमा भयो ।

नेपाली चलचित्रको पछिल्लो अवस्था हेर्ने हो भने, नाममा नै चलचित्रकर्मी विवादित देखिएका छन् । एउटै नाममा २ वटा चलचित्र बनाउँदा पनि चलचित्र विकास बोर्ड किन मौन छ ? बोर्डका कर्मचारीले दिएको जानकारी अनुसार चलचित्र बोर्डबाट निर्माण इजाजत नपाएसम्म चलचित्र बनाउन पाइदैन । तर, बोर्डमा इजाजत लिइएको भए एउटै नाममा २ वटा चलचित्र कसरी बनिरहेका छन् त ?

बोर्डमा इजाजत नलिई चलचित्र बनेको खण्डमा जिल्ला प्रशासनले सामान जफत गर्न सक्छ । निर्माता रोज राणाले चलचित्र ‘पर्शुराम’ बनाउने बन्दै भव्य घोषणा गरे । तर, यहि नाममा एन.आर घिमिरेले चलचित्रको नाम दर्ता गरिसकेका थिए । पछि, यो नाममा विवाद आएपछि रोजले चलचित्रको नाम ‘जय पर्शुराम’ राखे । तर, ‘पर्शुराम र जय पर्शुराम’ नाममा चलचित्र बन्दा दर्शक अन्यौलामा हुने अवस्था आउने पक्का छ । यदि, बोर्डमा दर्ता भएको  थिएन भने रोजको चलचित्रले कसरि छायांकनको अनुमति पायो ?

केही दिन अगाडि सुदर्शन गौतमले चलचित्र ‘हिम्मतवाला’को घोषणा क्यानडामा गरे । फस्टलुक समेत सार्वजनिक गरि गरिएको घोषणा कार्यक्रममा सुदर्शन नै मुख्य कलाकार हुने कुरा छ । तर, यहि नाममा चलचित्र विकास बोर्डमा अर्कै टिमले दर्ता गरेको छ । केदार पराजुलीले निर्माण गर्ने गरि श्रीकृष्ण फिल्मस्ले चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको छ । यो चलचित्रमा कलाकारको रुपमा रहेका कुशल थापाले दिएको जानकारी अनुसार सुरुमा क्यानडामा नै चलचित्र छायांकन गर्ने गरि तयारी भएको थियो । तर, पछि सुदर्शन गौतम कलाकार रहेको ‘हिम्मतवाला’मा निर्माता धेरै भएपछि नेपालमै केदार पराजुलीले आफ्नै शैलीमा चलचित्र बनाउने तयारी गरे र बोर्डमा नाम दर्ता गरे ।

भोली यो नाममा विवाद भयो भने बोर्डले कसरि समाधान गर्छ ? बोर्डमा इजाजत नलिइ एउटा टिमले चलचित्र बनाइरहेको छ भन्ने त यसबाट पनि प्रष्ट देखिन्छ ।
निर्माता तथा निर्देशक शोभित बस्नेतले चलचित्र ‘झिल्के’को छायांकन सकाएर बसेका छन् । उनले आफ्नै छोरा सलोन बस्नेत र करिश्मा श्रेष्ठलाई लिएर चलचित्र निर्माण गरिसकेका छन् । तर, यहि नाममा नायिका झरना थापालाई लिएर चलचित्रको छायांकन सकिएको छ । एउटै नाम हुँदा पनि बोर्डले किन कदम चालेको छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment