+
+
Shares

असार मसान्तसम्म कार्यालय नछोडः मुख्य सचिव

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते १२:३२

२५ जेठ, काठमाडौं । सरकारले कर्मचारी प्रशासनलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन थप अर्को नयाँ निर्देशन दिएको छ ।

Somlal-Subadiसोमबार बसेको मुख्यसचिवस्तरको बैठकले आगामी आर्थिक बर्षको कार्यक्रममा चैत्र मसान्तपछि असार मसान्तसम्म जिल्ला, क्षेत्र, स्थानीयस्तरका निकायहरुमा कार्यरत कर्मचारीहरुलाई आफ्नो कार्यथलो छाड्ने गरी केन्द्रीय क्षेत्रीय निकायहरुले गोष्ठी, सेमिनार, अन्तरक्रिया लगायतका कार्यक्रम नराख्न निर्देशन दिएको छ ।

यसअघि सचिवस्तरको बैठकले चालु आर्थिक बर्षभित्र कार्यालय प्रमुखहरुको सरुवा नगर्न निर्देशन दिएको थियो ।

मुख्य सचिव सोमलाल सुवेदीले आगामी आर्थिक बर्षको कार्यक्रम बनाउँदा चैत्र मसान्तदेखि असार मसान्तसम्म कार्यालय प्रमुखले कार्यथलो नै छोड्नुपर्ने गरी बैठक, गोष्ठी र छलफल नराख्न निर्देशन दिइएको बताएका छन् ।

अहिले कार्यालय प्रमुखहरु कार्यालय छोडेर विभिन्न बैठक र गोष्ठीमा सहभागी भइरहेको र कार्यालय छोडेर हिँड्दा सेवाग्राहीले दुःख पाएको भन्दै कम्तिमा असार मसान्तसम्म कार्यालय नछोड्न मुख्यसचिव सुवेदीले निर्देशन दिएका हुन् ।

यो निर्देशन अनुसार कार्यालय प्रमुख र विभागीय प्रमुखले असार मसान्तसम्म गोष्ठी, भ्रमण र छलफलका नाममा कार्यालय छोड्न पाउँदैनन् ।

‘जिल्ला भ्रमणमा रहँदा कार्यालय प्रमुखहरु गोष्ठी र बैठकमा सहभागी हुन भन्दै जिल्ला बाहिर पुगेको पाएपछि यस्तो निर्णय गरिएको हो’, मुख्य सचिव सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?