+
+

सप्तरीमा हतियारसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते ११:५०

hatiyarsahit_pakrau२६ जेठ, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला महदेवा निवासी रमेश यादव छन् ।

३५ बर्षीयादवको साथबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने तीन राउण्ड गोली, कार्वनको मोवाइल एक थान तथा नेपाली सिम कार्ड एनसेलको एक थान र भारतीय एयरटेलकोएक थान सिम बरामद भएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।

सशस्त्र प्रहरी बल दन्तकाली गण तथा सशस्त्र प्रहरी पोष्ट बनैनियाँबाट मंगलबार राति खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा चेक प्वाइन्ट थापेर चेकजाँज गर्दा पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?