Comments Add Comment

सित्तैमा सेवा दिएर पनि गुगलले कसरी अरबौँ कमाउँछ ?

Googleसूचना प्रविधिको यो युगमा गुगल सर्च इन्जिनमा खोज्दा आफुलाई चाहिएको जानकारी पाइन्छ ।

गुगल सर्च इन्जिनमा निशुल्क रुपमा जानकारी प्राप्त गर्न सकिन्छ । सित्तैमा सेवा दिने गुगलको कमाई भने अरबौँ छ । आखिर सित्तैमा सेवा दिएर कसरी हुन्छ त अरबौँ कमाई ?

एक तथ्यांक अनुसार गुगलले एक मिनेटमा झण्डै डेढ लाख डलर कमाइ गर्छ गुगल सर्च इन्जिन मार्फत । जसमा मुनाफा २३ हजार डलर जति हुन्छ ।

गुगलले जुन जानकारीहरु प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराएको देखिन्छ त्यस्ता सामाग्रीहरुमार्फत अरु कसैबाट मोटो रकम असूलेको हुन्छ ।

विभिन्न कम्पनीहरुले आफ्ना उपभोक्ताका बारेमा गुगलमार्फत जानकारी खरीद गर्दछन् र सोही अनुसार गुगलमा विज्ञापन दिन्छन् । गुगलले ती विज्ञापन तिनै प्रयोगकर्ताको वेबपेजमा देखाइदिन्छ ।

यदि तपाइँले गुगल सर्च इन्जिनमा कुनैबेला एक पटक नै किन नहोस् कुनै चिज खोज्नुभएको छ भने गुगलले त्यसलाई रेकर्ड राख्दछ अनि तपाइँले विभिन्न वेबसाइट हेर्दा सोही विज्ञापनलाई गुगल एडको रुपमा देखाइदिन्छ । यसरी देखाइदिएको विज्ञापन मार्फत गुगलले विज्ञापनदातासँगबाट पैसा असूल्छ ।

विज्ञापनमा हरेक पटकको क्लिकका लागि गुगलले केही सेन्ट देखि लिएर सयौँ डलरसम्म पैसा असूल्ने गर्छ । रिपोर्ट अनुसार गुगलको कुल कमाइ मध्ये ९५ प्रतिशत भन्दा बढि त विज्ञापनबाटै प्राप्त हुने गरेको छ ।

गुगलले लोकपि्रय कि वर्डस्बाट पनि पैसा कमाउँछ । एक रिपोर्ट अनुसार गुगलमा सबैभन्दा लोकप्रिय कि वर्ड insurance हो । दोश्रोमा यिबल रहेको छ । insurance, buy insurance, life insurance, loan जस्ता किवर्डहरु प्रयोगकर्ताले खुबै खोज्ने गरेका छन् । एकपटक जब प्रयोगकर्ताले यी किवर्डस् सर्च गर्छन् तब गुगलले सोही सँग सम्बन्धित विज्ञापन देखाइदिन्छ ।

गुगलको यो सेवाका लागि उसको आलोचना पनि हुन्छ । किनकी वेबपेजमा अचानक विज्ञापन आउँदा रुची नै नभएको विज्ञापन पनि क्लिक भइहाल्छ । कहिलेकाहीँ त गुगल विज्ञापनमा क्लोज गर्ने अप्सन नै निकै लुकाइएको हुन्छ र झुक्याइ झुक्याई विज्ञापनमा क्लिक गर्न लगाइन्छ पनि ।

क्लिकको हिसाबले गुगलले विज्ञापनदाताबाट पैसा असूल्छ । विज्ञापन गरिएको सामाग्रीसँग कुनै रुची नै नभएका इन्टरनेट प्रयोगकर्ताले बाध्यताले क्लिक गर्ने विज्ञापनबाट केवल गुगललाई मात्र फाइदा हुन्छ सम्बन्धित विज्ञापनदाताका उपभोक्ता बढ्न सक्दैनन् ।

अहिले दुनियामा लगभग हरेक मानिससँग स्मार्टफोन छ । स्मार्टफोनको माध्यमबाट मानिसहरु गुगलसँग  लगभग हरेक समय जोडिन्छन् । त्यसैले गुगलले आफ्ना वेबपेज तथा विज्ञापनहरुलाई मोबाइलमैत्री बनाएको छ । मोबाइल विज्ञापन, मोबाइल एप्स, मोबाइल कन्टेन्ट, मोबाइल डिभाइसेज यिनै चार क्षेत्रमा गुगल केन्दि्रत भएको छ ।

यसका साथै गुगल प्लेस्टोर, गुगल एप्स तथा गुगल क्लाउड प्लेटर्फम पनि गुगलको कमाईको महत्वपूर्ण हिस्सा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment