Comments Add Comment

अशिष्मा भन्छिन्- बन्दले देश बन्दैन

Ashisma Nakarmi (1)काठमाडौं । नायिका अशिष्मा नकर्मीले कुनै पनि पार्टीले गरेको बन्दप्रति आफ्नो समर्थन नहुने बताएकी छिन् । नेपाल बन्दले नेपाल नबने उनले ठोकुवा गरिन् ।

विप्लब नेतृत्व माओवादीको आव्हानमा बिहीवार भएको नेपाल बन्दप्रति आपत्ति जनाउँदै उनले नेताको शैलीमा भनिन्, ‘कुनै पनि समस्याको समाधान बन्दबाट निस्कंदैन । वार्ता नै समाधानको उपाय हो ।’

२/४ जना माओवादी कार्यकर्ताको कारण ३ करोड नेपालीले दुःख पाएको भन्दै अशिष्माले बन्द नगर्न सुझाब समेत दिएकी छिन् । अर्की नायिका केकी अधिकारीले भने बन्दसँग सम्बन्धित कबितालाई आफ्नो फेबुक वालमा शेयर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment