Comments Add Comment

यी हुन् नेपालमा सबैभन्दा बढी बिक्री हुने कार

२७ जेठ, काठमाडौं । नेपालमा निजी कार चढ्नेहरु हृवात्तै बढेका छन् । अहिले नेपाली सडकमा पाँच करोड सम्मका कारहरु कुदेको देखिन्छ ।

नेपालीको आम्दानीमा वृद्धि भएसँगै निजी सवारीको प्रयोग बढ्न थालेको हो । कुनै बेला विलासी मानिने सवारी साधन यतिबेला अत्यावश्यक बन्न पुगेको छ । अहिले वर्षमै १० हजार भन्दा बढी कारहरु बिक्री हुन थालेका छन् ।

नेपालमा कारको बजार बढेपछि विश्वप्रशिद्ध कम्पनीबीच नेपाल भित्रिने होडबाजी चलिरहेको छ । अहिले नेपालमा न्यूनतम १३ लाखदेखि ४/५ करोड रुपैयाँसम्मका कारहरु पाइन्छन् । तर, इन्ट्री लेवल कारहरु बिक्री हुने गर्छन् ।

अटो व्यवसायीका अनुसार १५ लाखदेखि २५ लाख रुपैयाँ भित्रका कारहरु बढी बिक्री हुने गरेका छन् । बाइकबाट कारमा सिफ्ट हुनेहरुको रोजाइमा इन्ट्री लेवल कारहरु परेका छन् । अहिले नेपाली बजारमा १५ देखि २५ लाख भित्र एक दर्जनको हाराहारीमा कारहरु पाइन्छन् ।
गाडी बिक्रेताको दाबीका आधारमा हामीले सबैभन्दा बढी बिक्री हुने प्रमुख १० कारहरु छनौट गरेका छौं । जसमा सस्ता कारको बाहुल्यता बढी देखिएको छ । बढी बिक्री हुने गाडीमा हुन्डाई र सुजुकीको बाहुल्यता छ । जुन यसप्रकार छन्,

मारुती सुजुकी अल्टो

Maruti-alto-800-final

इन्ट्री लेवलको अल्टो सबैभन्दा बढी बिक्री हुने कारमा परेको छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाए । त्यसमाथि अहिले अल्टो ट्याक्सीको रुपमा प्रयोग गरिएको छ । सिजी मोटोकोर्पका अनुसार दुई हजारभन्दा बढी अल्टो ट्याक्सीमा प्रयोग भएको छ ।

नेपाली बजारमा अल्टो तीनवटा भेराइटीमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । कम्पनीका अनुसार अल्टो एलएक्सआईको मूल्य १७ लाख २९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, अल्टो एलएक्सको १६ लाख २९ हज ार र अल्टो स्टान्डर्डको १४ लाख ९९ हजार पर्छ ।

अल्टो स्टान्डर्ड ट्याक्सीका रुपमा प्रयोग गरिएको छ । अल्टोलको काठमाडौं उपत्यकामा १८/१९ किलोमिटर प्रतिलिटर माइलेज दिइरहेको सिजी मोटाकोर्पले बतायो । कम्पनीले भने २२.७४ किलोमिटर माइलेज दिने दाबी गरेको छ ।

हुण्डाई ग्रान्ड आइटेन

Hyundai-Grandi10-final

हुण्डाई आइटेन नेपालमा सर्वाधिक बिक्री हुने कारमा पर्छ । यसअघि बजारमा आएको आइटेन नेपालीले सर्वाधिक रुचाए । त्यसको अपग्रेड भर्सनका रुपमा ग्रान्ड आइटेन आएको हो । यो फेमिली हृयाचब्याक कार हो ।

यसमा रहेको सेवा सुविधा, डिजाइन र मूल्यले उपभोक्तालाई तानेको हो । यो कारको बाहिरी भाग आधुनिक, स्पोर्टी र ट्रेन्डी स्टाइलको छ । कारको भित्री भाग पनि आकर्षक र बिलासी रहेको छ ।

ग्रान्ड आइटेनमा १२ सय सीसीको काप्पा डुअल भिटीभिटी पेट्रोल इञ्जिन प्रयोग गरिएको छ । यसले १८.९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । आठवटा कलरमा उपलब्ध ग्रान्ड आइटेनको मूल्य २४ लाख रुपैयाँबाट सुरु हुन्छ ।

महिन्द्रा स्कारपियो

एसयुभी सेगमेन्टमा सबैभन्दा बढी बिक्री हुने गाडीमा पर्छ, महिन्द्रा स्कारपियो । सन् २००२ मा नेपाली बजारमा पहिलो पटक भित्रिएको महिन्द्रा स्कारपियो विभिन्न अपग्रेडेड भर्सनमा आइसकेको छ ।

महिन्द्रको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटका अनुसार स्कारपियो टु ह्वीलमा ४ वटा मोडल र फोर ह्वीलमा २ वटा मोडल उपलब्ध छन् ।

Mahindra-Scarpio-New-Aditio

टु ह्वील ड्राइभ : स्कारपियोको एस टु भेरियन्ट २५ सय सिसीको गाडी हो । यसमा एसी, पावर विन्डो, पावर स्ट्रेरिङ, सेन्ट्रल लक लगायतका फिचरहरु रहेका छन् । यसको मूल्य ३६ लाख २५ हजार रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । यसले शहरमा ९ र हाइ वे मा १४ किलोमिटरसम्म माइलेज दिन्छ ।

यसैगरी, एस फोरमा एसी, पावर विन्डो, पावर स्ट्रेरिङ, सेन्ट्रल लक लगायतका फिचरहरु रहेका छन् ।  यो २२ सय सीसीको गाडी हो । जसको ३८ लाख ९५ हजार पर्छ । अर्को भेरियन्ट एस ६ प्लसमा एयर ब्याग समेत रहेको छ । यसको मू्ल्य ४५ लाख ५० हजार रहेको छ । एस टेन पनि २२ सय सिसीको गाडी हो । यसको मूल्य ५२ लाख ३५ हजार रपैयाँ रहेको छ ।

फोर ह्वील ड्राइभ : महिन्द्रा स्कारपियो फोर ह्वील ड्राइभमा २२ सय सिसी इञ्जिन क्षमतामा उपलब्ध छ । नेपाली बजारमा एसफोर प्लसको मूल्य ४६ लाख ५० हजार र एस टेनको मूल्य ५७ लाख ३० हजार रुपैयाँ रहेको छ । यी गाडीमा माथि उल्लेखित सुविधाहरु रहेका छन् ।

स्कारपियोका तीनवटै भेरियन्ट टु हृवील र फोर हृवील ड्राइभमा उपलब्ध छन् । यो गाडी अफरोडका लागि सबैभन्दा उपयुक्त रहेको छ । यो गाडीको मूल्य झण्डै ३६ लाख रुपैयाँबाट सुरु भई ५२/५३ लाख रुपैयाँसम्म रहेको छ ।

यो गाडी नेपालमा सिल्भर, हृवाइट, रेड र ब्लू गरी चार कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टाटा जेष्ट

Tata-zest-final

भारतीय मोटर्स कम्पनी टाटाको जेष्ट कार पनि बढी बिक्री हुनेमा पर्छ । यो १२ सय सीसी डिजेल र पेट्रोल इञ्जिनमा उपलब्ध छ । गएको वर्ष नेपाल भित्रिएको यो गाडीले उपभोक्ताको विश्वास जित्न सफल भएको छ ।

यो कार नेपालमा म्यानुअल गियर भएको डिजेल इञ्जिनमा ३ वटा, अटोमेटिक गियर भएको डिजेल इञ्जिनमा २ र पेट्रोल इञ्जिनमा ३ वटा भेरियन्ट उपलब्ध छ । नेपाली राजमार्गमा डिजेल कारले १८ र पेट्रोल कारले १५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

हुन्डाई क्रेटा

अहिले नेपाली बजारमा सर्वाधिक चर्चामा रहेको एसयुभी गाडी हो, हुण्डाई क्रेटा । गएको भदौमा नेपाल भित्रिएको क्रेटा अहिले सर्वाधिक लोकप्रिय छ । कम्प्याक्ट एसयुभी गाडी भएपनि क्रेटा प्रफेक्ट एसयुभीमा पर्ने कम्पनीको दाबी छ ।

Hyundai-Creta final

यो गाडीमा राम्रो मेट्रियल्स प्रयोग गरिएको हुँदा बलियो रहेको लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ । १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको क्रेटा चढ्दा चालक र यात्रुलाई ठूलो एसयुभी गाडी चढेको अनुभव हुने उनले बताए ।

क्रेटा २ ह्वील गाडी हो । यो गाडीलाई अर्बन एसयुभी भन्न श्रेष्ठ रुचाउँछन् । यो १४ सय सीसी र १६ सय सिसी इञ्जिन अप्सनमा उपलब्ध छ । पेट्रोल र डिजेल भर्सनमा उपलब्ध क्रेटा नेपाली बजारमा विभिन्न ७ मोडलमा उपलब्ध छ ।

डिजेल इञ्जिनमा क्रेटा १४ सय र १६ सय सीसीमा उपलब्ध छ । १४ सय सिसीको क्रेटा बेस -डिजेल) को मूल्य ४३ लाख ९६ हजार रहेको छ । त्यस्तै, १६ सय सिसीमा एसएक्स प्लस (डिजेल)को ५५ लाख ५६ हजार, एसएक्स प्लस अटोमेटिक -डिजेल) ५८ लाख ९६ हजार, एसएक्स ओ (डिजेल)को ५८ लाख ९६ हजार मूल्य रहेको छ ।

पेट्रोल इञ्जिनमा क्रेटा बेस ३९ लाख ९६ हजार, एसएक्स प्लस ४९ लाख ९६ हजार र एसको ४३ लाख ९६ हजार मूल्य रहेको छ । यी पेट्रोल गाडीहरु १६ सय सिसी इञ्जिन क्षमतामा उपलब्ध छन् ।

फोर्ड इकोस्पोर्ट

Ford Ecosport

फोर्डको इकोस्पोर्ट सर्वाधिक बिक्री हुने गाडीमा पर्छ । मिनी एसयुभी सेगमेन्टको इकोस्पोर्ट नेपालमा १० वटा भेराइटीमा उपलब्ध रहेको छ । हजार सीसी पेट्रोल इञ्जिनमा २ वटा भेराइटी छन् । १५ सय सीसी डिजेल इञ्जिनमा चारवटा र १५ सय सीसी पेट्रोल इञ्जिनमा चारवटा भेराइटी रहेका छन् ।

इकोस्पोर्टको मूल्य ३१ लाख ९० हजार रुपैयाँदेखि ४८ लाख ९० हजार रुपैयाँसम्म पर्छ । यो गाडी हजार सीसी पेट्रोल इञ्जिनले १९ किलोमिटर, १५ सय सीसी डिजेलले २२ किलोमिट र पेट्रोलले १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

हुन्डाई इओन

hyundai-eon-final

यो हुन्डाईको सबैभन्दा सस्तो कार हो । पछिल्लो समय यसलाई ट्याक्सीको रुपमा समेत प्रयोग गरिएको छ । हुन्डाई इओन डी-लाइट र डी-लाइट प्लस ट्याक्सीको रुपमा चलिरहेका छन् ।

नेपाली बजारमा इओनको मूल्य झण्डै १७ लाख रुपैयाँ रहेको छ । ८१४ सीसीको यो कारले नेपाली सडकमा १८ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो पेट्रोल इञ्जिनयुक्त कार हो । यसमा ५ स्पीड म्यानुअल गियर छ ।

यसको १७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५६ पिएसको उच्चतम पावर, न्युनतम मर्मत खर्च, सर्वसुलभ पार्टपुर्जा लगायतका विशेषता रहेका छन् ।

सुजुकी सेलेरियो

Suzuki-CELERIO-final

सुजुकी सेलेरियो हजार सीसीको हृयाचब्याक कार हो । यो चारवटा भेरियन्टमा उपलब्ध छ । यो गाडीले २३.०१ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । तर, नेपाली सडकमा भने १९/२० किलोमिटर माइलेज दिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ मिलिमिटर रहेको छ ।

सेलेरियो भिएक्सआई मोडलको मूल्य २२ लाख ६९ हजार, जेडएक्सआई २३ लाख ७९ हजार, भिएक्सआई -एएमटी) २४ लाख ९९ हजार र सेलेरियो जेडएक्सआई (ओ) २५ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

भक्सवागन पोलो

volkswagen-polo-final

जर्मनीको प्रिमियम कार निर्माता कम्पनी भक्सवागनको पोलो सबैभन्दा सस्तो कार हो । यो कारलाई नेपालमा सर्वाधि रुचाइएको छ । पछिल्लो समय पोलो स्पोर्टी लुक्समा पनि भित्रिएको छ ।

यो विभिन्न ५ भेराइटी र ६ कलरमा उपलब्ध छ । यो १२ सय सीसी र १६ सय सीसी इञ्जिनमा उपलब्ध छ । १२ सय सीसीमा ३ वटा भेरियन्ट छन् भने १६ सय सीसीमा २ वटा भेरियन्ट उपलब्ध छन् । जसको मूल्य २६ लाख ४५ हजारदेखि सुरु भएर ३९ लाख ४५ हजार रुपैयाँसम्म पर्छ ।

यसको बाहिरी तथा भित्री सजावट, सुरक्षा लगायतमा विशेष ध्यान दिइएको छ । नेपालमा रुचाइएका कारहरुको सूचीमा पोलो पनि अग्रस्थानमा पर्छ ।

सुजुकी स्वीफ्ट

Suzuki-Swift-Final

सुजुकी स्वीफ्ट डिजार पनि धेरै बिक्री हुन गाडीमा पर्छ । बजारमा सुजुकी स्वीफ्ट र सुजुकी स्वीफ्ट डिजायर भर्सन उपलब्ध छ । सुजुकी स्वीफ्ट भिएक्सआई र जेडएक्सआई गरी दुई मोडलमा उपलब्ध छ । भिएक्सआईको मूल्य २७ लाख ७९ हजार र जेडएक्सआईको ३० लाख ५९ हजार रहेको छ ।

सुजुकी स्वीफ्ट १२ सय सीसीको पेट्रोल इञ्जिन गाडी हो । यसले २०.०४ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो विभिन्न ६ कलरमा उपलब्ध छ । जसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर छ ।

सुजुकी स्वीफ्ट डिजायर पनि १२ सय सीसीको कार हो । यो अटोमेटिक र म्यानुअल गियरमा उपलब्ध छ । डिजायर भिएक्सआईको मूल्य २९ लाख ४९ हजार र जेडएक्सआई ३२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

इसले २०.८५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यो गाडीको १७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको हुँदा नेपाली सडक सुहाउँदो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment