Comments Add Comment

के जोन र प्रियाविच डिभोर्स भएकै हो ?

priyaa and john
दुरीका कारण बलिउड नायक जोन अब्राहिम र उनकी पत्नी प्रिया रुन्चालविच डिभोर्स भएको खबर भारतीय मिडियामा आएको केही समय भयो । जोन र प्रियाविच ६ महिना अगाडि नै डिभोर्स भएको चर्चा पनि चलेको थियो ।

प्रिया एक ब्यांकर हुन् । यसैले उनी अमेरिकामा बस्दै आएकी छिन् । जोन भने चलचित्रको कामका कारण भारतमा छन् । यसैले लामो समयसम्म अलग बस्नु परेकाले पनि यी  दुइविच डिभोर्सको अवस्था आएको मिडियाको दाबी थियो ।

तर, एक दैनिक पत्रिकालाई दिएको अन्र्तवार्तामा जोनले यो कुरालाई हल्ला मात्र भनेका छन् । उनले आफू यस्तो हल्लाको पछाडि नलाग्ने पनि बताए ।

जोनले पछिल्लो समय मानिसले सोच्ने र चाहने कुरामा आफूले वास्ता गर्न छाडेको पनि बताएका छन् । सन् २०१४ मा जोनले प्रियासँग बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment