Comments Add Comment

धुम्रपानका कारण एन्टिबायोटिक निष्प्रभावी बन्दै

smokingचुरोट पिउनाले केवल केही जिवाणुहरु मुखमा जम्मा हुनेमात्र होइन की सरीरको रोगप्रतिरोधी क्षमतालाई समेत कमजोर बनाइदिन्छ । जसका कारण मुख सम्बन्धी विभिन्न खाले रोगबिमार लाग्ने खतरा हुन्छ ।

एक नयाँ शोधबाट यो तथ्य प्रकाशमा आएको हो । यी जिवाणुहरुले दाँत, मुटुको भल्भ तथा धमनीमा बायोफिल्मको निर्माण गर्दछन् । बायोफिल्म भनेको कैयन् सुक्ष्म जिवाणुहरु मिलेर बनेको जटिल संरचना हो ।

शोधकर्तामध्येका एक अमेरिकाको लुइसभिले स्कुल अपफ डेन्टिस्ट्रीका डेभिड स्कटका अनुसार एकपटक यी जिवाणुहरुले बायोफिल्मको निर्माण गरिसकेपछि त्यसको उन्मुलन गर्न निकै कठीन हुन्छ । किनकी यसले सरीरको प्रतिरक्षा प्रणालीलाई नै कमजोर बनाइदिएको हुन्छ । यस्तो बायोफिल्ममा एन्टिबायोटिक औषधिले पनि काम गर्न सक्दैन र लगातार संक्रमण बढिरहन मद्धत गर्दछ ।

स्कटका अनुसार यसका अलावा बायोफिल्मले जिवाणुहरुको समुदायका बीच आनुवांशिक सामाग्रीहरुको आदालतप्रदान समेत गर्दछ । जसका कारण नयाँ प्रतिरोधी जिवाणुको विकाश हुन्छ जसमा एन्टिबायोटिकले कुनै असर पार्न सक्दैन । यसले रोगलाई झनै जटिल बनाउँदछ ।

शोधकर्ताहरुका अनुसार जिवाणुहरुबाट बनेको यस्तो बायोफिल्म मुटुको भल्भमा जम्मा हुनाले मुटुमा संक्रमण सुरु हुन्छ । जसका कारण अन्य विभिन्न खाले संक्रमण तथा समस्याहरु समेत पैदा हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment