+
+
Shares

अतिक्रमणले विश्वप्रसिद्ध गढीमाई मन्दिर कुरुप

 श्रीकान्ता कुमार गुप्ता श्रीकान्ता कुमार गुप्ता
२०७३ जेठ २८ गते १२:०१

Gadhimai-Mandir,-Bara

२८ जेठ, बारा । विश्वप्रसिद्ध महागढीमाई मन्दिरको सुन्दरता गुम्दै गएको छ । गढीमाई मन्दिर वरपरको जग्गा अतिक्रमण गरी जथाभाबी पसलहरु खोलिए पनि स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय, मन्दिर व्यवस्थापन समिति र स्थानीय पसलेको चरम लापरवाहीले मन्दिरको सुन्दरता गुम्दै गएको स्थानीय बताउँछन् ।

महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिर वरपर अव्यवस्थित झुप्रा बस्तीहरु छन् । साथै पार्चुन पसल, मिठाई पसल, फलफूल पसल, चिया निस्ता पसल र किराना पसलहरु पनि अव्यवस्थित छन् । हरेक पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा हजारौंको पशुबली दिइन्छ । उक्त मेलामा करोडौंको आम्दानी पनि हुन्छ तर सो आम्दानीलाई सदुपयोग गरेर गढीमाई मन्दिर स्थललाई आकर्षक, सुन्दर, व्यवस्थित र मनोरञ्जनात्मक नबनाइएको स्थानीयले बताए ।

‘कुनै किसिमको सेवा सुबिधा उपलब्ध नपाउँदा दर्शनार्थी र पर्यटकहरु चिन्तित हुन्छन्,’ पुजारी कपिलदेव चौधरीले भने ।

Gadhimai-Mandir-Bara-2

मन्दिरदेखि पाँच सय मिटर दुरीमा पानी ट्यांकी भएता पनि मन्दिरको वरिपरि पानीको अभाव छ । मन्दिरको दक्षिणतर्फ शिव मन्दिर, पश्चिमतर्फ जंघिनाथ मन्दिर, र पूर्वतर्फ ब्रहमबाबा मन्दिर छन् । तर ति मन्दिर नजिक धारा वा चापाकल नहुँदा दर्शनार्थीलाई समस्या भएको पुजारी चौधरीले बताए ।

मन्दिर व्यवस्थापन समितिले चासो नदिँदा मन्दिर घुम्न आउने पर्यटक र दर्शनार्थीलाई समस्या परेको स्थानीय शिक्षक राजकुमार प्रसाद कुशवाहाले बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेली भने मन्दिरको छेउँछाउँका झुप्रा पसलहरु हटाउन पटक-पटक आग्रह गरे पनि अटेर गरेको गुनासो गर्छन् । ‘झुपडी पसलेहरुलाई कतिचोटि आग्रह गरिसकेको छु । तर उनीहरु मान्न तयार छैनन्,’ तेलीले भने, ‘पार्टीगत हिसाबले तनाशाही रहने गर्छ ।’

सर्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने माथि कारवाही गर्ने कानुनी व्यवस्था छ । तर हालसम्म यसको अधारमा गढीमाई मन्दिरको जमिन कब्जा गर्नेहरुमा माथी कारबाही गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?