Comments Add Comment

कोपा अमेरिकामा मेस्सीको हृयाट्रिक, अर्जेन्टिना अन्तिम आठमा

messi२९ जेठ, काठमाडौं । लिओनल मेस्सीको हृयाट्रिकको मदतमा अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

शनिबार भएको खेलमा अर्जेन्टिनाले पानामालाई ५-० गोल अन्तरले पराजित गरेको छ । लगातार दोस्रो जितसँग अर्जेन्टिना समूह चरण अन्तिम खेल अघि नै क्वार्टरफाइनलमा पुगेको छ ।

अमेरिकाको सिकागोमा भएको खेलमा अर्जेन्टिनाले स्टार खेलाडी मेस्सीलाई बेन्चमा राखेको थियो । खेलको सातौं मिनेटमा अतामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । अर्जेन्टिनाले पहिलो खेलमा साविकको विजेता चिलीलाई हराएको थियो । जुन खेलमा मेस्सी बेन्चमै बसेका थिए ।

खेलको ३१ औं मिनेटमा पानामा १० खेलाडीमा सिमित भयो । लगातार दोस्रो पहँले कार्ड पाएका गोडोआई रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यद्यपि अर्जेन्टिनाले गोल थप्न सकेन ।

खेलको ६१ औं मिनेटमा फेर्नान्डेजको स्थानमा मेस्सी मैदान प्रवेश गरे । त्यसको ७ मिनेटपछि नै हिगुइनको पासमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।

७८ औं मिनेटमा दोस्रो गोल गरेका मेस्सीले ८७ औं मिनेटमा हृयाट्रिक पुरा गरे । खेलको अन्तिममा सर्जिओ एग्युरोले गोल गरेपछि अर्जेन्टिना ५-० को फराकिलो अन्तरले विजयी भएको छ ।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाको ६ अंक भएको छ । पानामा र चिलीको ३-३ अंक छ भने बोलिभिया अंकबिहीन छ ।

अब समूह चरणमा अर्जेन्टिनाले बोलिभियासँग खेल्नेछ भने पानामा र चिली एकआपसमा भिड्नेछन् । पानामा र चिलीको खेलको विजेता अन्तिम ८ मा पुग्नेछन् भने बोलिभिया समूह चरणबाटै घर र्फकने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment