Comments Add Comment

कहाँ गइन् राधिका सून्य भयो देश ?

radhika-hamal-2

काठमाडौं । लोक गीत सुन्ने स्रोताका लागि निकै मनपर्ने नाम हो राधिका हमाल । लोक, भजन, तीजलगायत ५ हजार बढी गीतमा स्वर दिइसकेकी राधिका स्टेजमा पनि लोकपि्रय छिन् ।

डेढ दर्जन बढी मुलुकको भ्रमण गरिसकेकी राधिका तीजमा सबै भन्दा धेरै ब्यस्त हुने गर्छिन । ‘दुई वर्ष अघि तीजको अवसरमा मात्रै ५६ वटा गीत गाएँ ‘ अनलाइनखबरसँग कुरा गर्दै राधिकाले भनिन् ।

अरु वेला पनि फुर्सद सार्‍है कम हुन्छ । सबै शैलिका लोक गीत -मारुनी, मालश्रीलगायत)मा स्वर दिने राधिका पछिल्लो समय लोकसं`गीत सुन्ने स्रोता बढेकोमा भने खुसी थिइन् । ‘केही वर्षअघिसम्म हाम्रो गीतलाई पश्चिमा गीतले थिचेको थियो तर, अहिले हाम्रै गीत सुनेर रमाउने संस्कार सुरु भएको छ ।’ उनले भनिन् ।

पश्चिमा संगीतको प्रभाव घटाउनमा दर्शक एवं स्रोताले अहं भुमिका खेले जस्तो लाग्छ उनलाई । भन्छिन् ‘हाम्रा दर्शक स्रोता वास्तवमै महान हुनहुन्छ । नेपाली गीतलाई बृहत बनाइदिनु भयो ‘

तीजले छोपिसक्यो

गाउँघरमा राम्ररी पानी नपरेर कतिपयले एकोहोरो मकै गोड्न भ्याएका छैनन् तर, शहरमा तीजको चहल पहल सुरु भैसक्यो । ‘होे स्टुडियोमा तीज सुरु भैसक्यो । यसपाली तीजकै लागि १३ वटा गीत गाईसकेँ ‘ राधिकाले भनिन् ।

पोहोर परार जस्ता जताततै देखिने भने योजना छैन उनको ।  ‘नयाँ बैनिहरु पनि धेरै आउनु भएको छ । त्यसकारण यसपाली अलि थोरै गीत गाउने विचारमा छु ‘ उनी भन्छिन् ‘यसपाली स्तरीय गीतहरु मात्रै गाउने छु’

त्यसो त यसपाली तीजमा उनको आफ्नै भिडियो पनि आउने छ । ‘कहाँ गइन् राधिका’ भनेर टाईटल राख्ने तयारीमा छिन् । तर, यो गीत आफ्नो नामसँग सम्बन्धित नभएको उनको भनाई छ ।

जतिवेला उनी सानो थिइन् उनको आमा काकीहरुले गाउथे ‘कहाँ गइन् राधिका सुन्य भो देश’ यो गीत भगवान श्रीकृष्णसंग सम्बन्धित थियो भने, लोकलयमा हुन्थ्यो । राधिका आमाहरुले गाएको शैलिलाई आफ्नो स्वर मार्फत अहिलेका पुस्ताका दर्शकसम्म ल्याउने प्रयाशमा छिन् ।

हात सार्‍है मिठो

आफनो हात सार्‍है मिठो लाग्छ उनलाई । उनको बनाएको परिकार खाएर  आजसम्म कसैले नमिठो भो भनेका छैनन् । भान्सामा काम गर्दा पनि असाध्यै रमाइलो लाग्छ उनलाई । दुःखको कुरा भान्सामा छिर्ने फुर्सद भने असाध्यै कम हुन्छ ।

गीत रेकडिङ, म्युजिक भिडियोको सुटिङ, स्टेज कार्यक्रम जस्ता कार्यक्रमको कारण धेरै दिनको खाना बाहिरै हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment