+
+
Shares

ग्यारेथ बेल

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २९ गते १३:५६

Gareth bale

युरोकपको १५औं संस्करण हिजोबाट सुरु भएको छ । आयोजक फ्रान्सले रोमानियाबिरुद्ध संघर्षपूर्ण रुपमा २-१ गोल अन्तरको जित निकाल्दै सुःखद सुरुवात पनि गरिसकेको छ । प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

जसमध्ये राति पौने दश बजेदेखि हुने खेलमा पहिलो पटक युरोकपका लागि योग् य भएका वेल्स र स्लोभाकियाबीच प्रतिसपर्धा हुनेछ । समूह बी मा इ.ग्ल्याण्ड र रसियासँगै रहेका यी दुईले युरोकपको पहिलो अनुभव गर्दैछन् ।

यस खेलमा वेल्सले सबैभन्दा भरोसा गरेका खेलाडी हुन् ग्यारेथ बेल । २६ बर्षीय यी स्ट्राइकरको प्रेरणादायी प्रदर्शनबाट ने वेल्स युरोकपमा छनोट भएको हो ।

अद्धितीय क्षमता भएका रियल म्याडि्रडका स्ट्राइबर बेलकै प्रदर्शनमा वेल्सको भाग्य निर्धारण हुनेमा दुईमत छैन । आर्सनलका मिडफिलडर एरोन राम्सेसँग उनको तालमेल मिलेको खण्डमा पनि खेलको नतिजामा प्भाव पार्न सक्छ ।

वेल्सको राष्ट्रिय टोलीबाट ५५ क्याप जितेका वेलले १९ गोल गरेका छन् । युरोकपको छनोट चरणमा समूह बी को उपबिजेता हुँदै फ्रान्स यात्रा तय गर्ने क्रममा बेलले ७ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?