Comments Add Comment

अवार्डको हकदार मै हुँ: रश्मी तामाङ

Rashmi tamang

काठमाडौं । उत्कृष्ठ लोकदोहोरी मोडलको अवार्डले रश्मी तामाङलाई उत्साहित बनाएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले गरेको चौथो लोकदोहोरी अवार्डमा रश्मिले उत्कृष्ठको उपाधि पाइन् ।

‘मनोनयन सूची सार्वजनिक भए लगत्तै म उत्साहित भएकी थिँए ।’ अनलाइनखबरसँग कुरा गर्दै रश्मिले भनिन् । त्यसो त यो उनको पहिलो अवार्ड होइन । बागमति अञ्चल उत्कृष्ठ मोडल अवार्ड, तीज गीत अवार्ड लगायत पाँच पटक अवार्ड पाइसकेकि छिन् ।

अवार्ड कार्यक्रम सुरु भएपछि उनलाई अवार्डको हकदार मै हो जस्तो लाग्दो रहेछ । उनले यो पनि भनिन् ‘म नृत्यमा मेहनत गर्छु, मेहनत गर्नेले फल पाउनै पर्छ ।’

दुईसय पचास बढी लोकदोहोरी गीतमा मोडलिङ गरेकी रश्मि लोकदोहोरी गीतमै केन्द्रित हुने योजना छ उनको । ‘केहि फिल्मवाट हिरोईनको प्रस्ताव आएको थिए तर, मैले गरिन ।’ उनले भनिन् ।

Rashmi 3

Rashmi-tamang

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment