+
+

शिल्पाको घृणामा पनि माया गर्ने सुदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १२:०३

shilpa and sudarsan
भिडियो निर्देशक अनन्त तिमिल्सिनाले छोटो समयमै दर्जन बढी भिडियो निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेका केही भिडियो चर्चित पनि बनेका छन् । यसैविचमा, ‘परि २’ एल्बममा समावेश ‘तिमीले घृणा गरेपनि’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन अनन्तले गरेका छन् । यो गीतमा प्रमोद खरेलको स्वर छ ।

पदम रोकायको शब्द तथा संगीत यो गीतमा छ । यो गीतको शब्दमा मिठास छ  । गीतको भिडियोमा नायिका तथा मोडल शिल्पा पोख्रेल र सुदर्शन चापागाइले मोडलिङ गरेका छन् । यूवतीले घृणा गर्दा पनि आफूले प्रेम गर्ने कुरालाई यो गीतमा उठान गरिएको छ ।

टेकेन शाहले सम्पादन गरेको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?