Comments Add Comment

दिल्लीबाट फर्किएपछि कमल थापाले भने-म कुनै ‘प्रेस्क्रिप्सन’ लिन गएको होइन

Kamal-Thapa३० जेठ, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आफू कुनै ‘प्रेस्क्रिप्सन’ लिन भारत नगएको बताएका छन् ।

दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन दिल्ली पुगेका थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका थिए । उनले पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेटवार्ता गरेका छन् ।

आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘म कुनै ‘प्रेस्क्रिप्सन’ लिन गएको होइन । कहिँबाट ‘प्रेस्क्रिप्सन’ ल्याएर नेपालको आन्तरिम समस्या समाधान गर्ने मानसिकता त्याग्नुपर्छ ।’

भारतीय विदेशमन्त्रीसँगको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे समान्य छलफल भएको उनले बताए ।

उपप्रधानमन्त्री थापाले राष्ट्रपति विद्या भण्डारीको भ्रमण रद्द गरेकोमा भारतीय पक्षको चित्त दुखाइ पाएको सुनाए ।

नेपालको आन्तरिक राजनीति जटिल भएको र राष्ट्रपतिको उपस्थिति देशमा नै आवश्यक भएकाले भ्रमण स्थगित गरेको आफूले बताएको उनले दाबी गरे । उनले भने, ‘नेपाल र भारतका राष्ट्रपतिले एकअर्को देशमा उपयुक्त समय मिलाएर भ्रमण गर्ने सहमझदारी भएको छ ।’

यस्तै नेपाल र भारतका प्रबुद्ध समूहको बैठक अगष्ट मध्यतिर राख्नेबारे भारतीय विदेशमन्त्री स्वराजसँग छलफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment