३० जेठ, पोखरा । गृहमन्त्री शक्तिबहादुर बस्नेतले एनसेलको टावरमा आक्रमण गर्नेहरुलाई कानुनको दायरामा ल्याउने घोषणा गरेका छन् ।
विप्लव माओवादीले देशभरका एनसेल टावरमा आक्रमण गरी क्षति पुर्याएका बेला माओवादी केन्द्रका नेतासमेत रहेका गृहमन्त्री बस्नेतले आक्रमणकारीलाई कारबाही गर्ने बताएका हुन् ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले भने, ‘दुर्गम र विकट क्षेत्रमा भएका एनसेलका टावरहरुमा मात्र आक्रमण भएको छ । यस आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । आक्रमणकारीलाई कानूनी दायरामा ल्याइन्छ ।’
उनले आक्रमण भएको र आक्रमण हुनसक्ने ठाउँहरुमा सुरक्षाको प्रबन्ध समेत मिलाइसकेको जानकारी दिए ।
गृहमन्त्री बस्नेतले खाना पकाउने ग्यासको अभाव चाँडै समाधान हुने पनि उल्लेख गरे । वर्तमान सरकार गठनका बेला भन्दा अवस्था निक्कै सुध्रिसकेको भन्दै उनले अब केही दिनमै ग्यास सहज हुने दाबी गरे ।
उनले आन्दोलनरत दलहरुबीच सहमति नभएपनि संविधान कार्यान्वयन हुने दाबी पनि गरेका छन् ।
प्रतिक्रिया 4