+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विप्लव माओवादीलाई कानुनको दायरामा ल्याउने गृहमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते २०:०६

३० जेठ, पोखरा । गृहमन्त्री शक्तिबहादुर बस्नेतले एनसेलको टावरमा आक्रमण गर्नेहरुलाई कानुनको दायरामा ल्याउने घोषणा गरेका छन् ।

Shakti-Basnetविप्लव माओवादीले देशभरका एनसेल टावरमा आक्रमण गरी क्षति पुर्‍याएका बेला माओवादी केन्द्रका नेतासमेत रहेका गृहमन्त्री बस्नेतले आक्रमणकारीलाई कारबाही गर्ने बताएका हुन् ।

आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले भने, ‘दुर्गम र विकट क्षेत्रमा भएका एनसेलका टावरहरुमा मात्र आक्रमण भएको छ । यस आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । आक्रमणकारीलाई कानूनी दायरामा ल्याइन्छ ।’

उनले आक्रमण भएको र आक्रमण हुनसक्ने ठाउँहरुमा सुरक्षाको प्रबन्ध समेत मिलाइसकेको जानकारी दिए ।

गृहमन्त्री बस्नेतले खाना पकाउने ग्यासको अभाव चाँडै समाधान हुने पनि उल्लेख गरे । वर्तमान सरकार गठनका बेला भन्दा अवस्था निक्कै सुध्रिसकेको भन्दै उनले अब केही दिनमै ग्यास सहज हुने दाबी गरे ।

उनले आन्दोलनरत दलहरुबीच सहमति नभएपनि संविधान कार्यान्वयन हुने दाबी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?