+
+

यस्तो छ राजेश हमाललाई तेश्रो लिङ्गी बनाएको ‘शकुन्तला’को गीत

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १०:५१

rajesh-hamal-ko-feriyako-rup

नायक राजेश हमाललाई तेश्रो लिङ्गीको रुपमा चित्रित गरिएको चलचित्र ‘शकुन्तला’को अडियो जुकबक्स सार्वजनिक भएको छ । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ ।

अहिले नेपाली चलचित्रका निर्माता जुकबक्स सार्वजनिक गर्न अगाडि देखिएका छन् । अडियो हिट भएपछि भिडियो बजारमा ल्याउँदा त्यसको प्रभाव पर्ने उनीहरुको विश्वास हुनसक्छ ।

दिनेश श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा राजेश हमाल, अनु शाह, किशोर खतिवडा मुख्य भूमिकामा छन् । चलचित्रमा समावेश गीतमा अर्जुन पोख्रेलको संगीत छ ।

‘कोही छ’ बोलको गीतमा दुर्गा खरेलको आवाज, डाक्टर कृष्णहरि बरालको शब्द छ । यस्तै, ‘मेरो मुटु’ बोलको गीतमा विजय सिवाकोटीको शब्द, अञ्जु पन्त र सत्यराज आचार्यको स्वर छ । दयाराम पाण्डेको शब्द रहेको ‘यो मुटु भन्दा’ बोलको गीतमा यूवराज चौलागाई र आकांक्षा बस्यालको स्वर छ । यो चलचित्र भदौ १० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?