Comments Add Comment

प्रिभ्यूः स्पेनलाई रोक्न सक्ला त चेक रिपब्लिकले ?

SPAIN_VS_CZECH

फ्रान्स युरो २०१६ अन्तर्गत आज साँझ साबिकको बिजेता स्पेन र चेक रिपब्लिकबीच खेल हुँदैछ । तोउलोज शहरको मुनिसिपल रंगशालामा नेपाली समयअनुसार साँझ पौने सात बजेदेखि खेल सुरु हुनेछ ।

उपाधिका हृयाट्रिक गर्ने योजनामा रहेको स्पेनको आज हुने चेक रिपब्लिकबिरुद्धको खेल निक्कै महत्वपूर्ण हुनेछ । पछिल्ला बर्षहरुमा खराव प्रदर्शन गरेको स्पेनले आजको खेलमा गर्ने प्रदर्शनलाई लिएर विश्वभरका समर्थकको ध्यान तानिएको छ ।

विश्वकपमा व्यहोरेको लज्जास्पद असफलतापछि स्पेनले टोलीमा ब्यापक फेरबदल गरेको छ । विश्वकप खेलेका जाभी लगायत ९ खेलाडी अहिलेको स्पेनिस टोलीमा छैनन् ।

स्पेनिस टोली युरो २०१६ को सबैभन्दा कम अनुभवी टोली हो । स्पेनिस टोलीका खेलाडीहरुको औषत १६ क्याप जितेका छन् ।

युरोपेली च्याम्पियन स्पेन सकारात्मक तरिकाबाट प्रतियोगिताको पहिलो खेल जितेर सबैको ध्यान यर्सैमा एकत्रित गर्न चाहन्छ ।

प्रतियोगिता अघि जर्जियासँग भएको मैत्रिपूर्ण खेलमा पराजित भएपछि स्पेनिस फुटबलको खराव पक्ष पुनः पदार्पण भएको छ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिनु, गोल गर्न नसक्नु, डिफेण्डरको गल्तिका कारण गोल खान पुग्नु र खेल हार्नु स्पेनिस फुटबलको नियतिजस्तै भएको छ । यसलाई सुधार गर्नु जरुरी छ । पहिलो खेलमा स्पष्ट तीन अंक हासिल गरेमा प्रशिक्षक भिन्सेन्ट डेल वक्सले राहतको स्वस फ्रनेछन् भने उसलाई अघिल्ला खेलहरुमा पनि सहज हुनसक्छ ।

यता चेक रिपब्लिकको हकमा भने समूह डी खतरनाक हुनसक्छ । प्रतियोगिताको छनौट चरणमा गरेको उत्कृष्ट प्रदर्शनलाई छाड्ने हो भने फिफा बरियाताको आधारमा चेक यस समूहमा सबैभन्दा कमजोर टोली हो । तर पहिलो खेलमा जीत हात पारेमा चेक दोस्रो चरणमा छनौट हुने सम्भावना प्रबल रहन्छ । स्पेनले पछिल्लो समय आफ्नो लय गुमाएको पक्कै छ तर अझैपछि उ प्रतियोगिताको प्रमुख दावेदार हो ।

चेक रिपब्लिक उसको आक्रामक शैलीका कारण परिचित छ । तर, स्पेन बिरुद्ध उसको आक्रामक शैली प्रत्युत्पादक पनि बन्न सक्छ । त्यसैले प्रशिक्षक पावेल भ्रवाले स्पेनसँगको रणनीति परिवर्तन गर्न सक्छन् । थोमस सिभोकको नेतृत्व तथा माइकल काड्लेकको अनुभव स्पेनको आक्रमणलाई प्रतिरोध गर्न महत्वपूर्ण हुनेछ ।

विंगरलाई खुलेर खेल्न दिने र डिफेन्समा सदुपयोग गर्ने हो भने ठीकै छ, नत्र स्पेनका लागि बलमा धेरै नियन्त्रण गर्नु त्यति फलदायी हुने छैन । सेल्डा डि भिगोका स्ट्राइकर नोलिटो स्पेनका लागि सबैभन्दा योग्य स्ट्राइकर बन्न सक्छन् । बायाँ क्षेत्रबाट क्रस प्रहार गर्ने उनको क्षमता अद्धितीय छ । उनको यस्तै क्षमताका लागि बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले थुपै्र पटक आफ्नो क्लवमा भित्र्याउनुपर्ने बताइसकेका छन् ।

स्पेन र चेक सबै प्रतियोगितामा गरी अहिलेसम्म १६ पटक अामने सामने भएका छन् । जसमा ७/७ खेल दुवै टाेलीले अा-अाफ्नाे पक्षमा पारेका छन् भने २ खेल बराबरीमा सकिएकाे छ । युरोकप अन्तर्गतका खेलमा यी टाेली ६ पटक खेलेका छन् जसमा स्पेनले चार खेल जितेको छ । २ खेलमा चेक हावी भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment