Comments Add Comment

‘रोनाल्डो उत्कृष्ट अभिनेता, पेपे हलिउडमा हुनुपर्ने व्यक्ति’

ronaldo-n-pepe

काठमाडौं । लार्स लगरब्याकले क्रिष्टियानो रोनाल्डोलाई उत्कृष्ट अभिनेता र पेपेलाई ‘हलिउडमा हुनु पर्ने मध्येका एक’ भन्दै युरो कपमा आइसल्याण्ड र पोर्चुगलको अघि माहौल तताएका छन् ।

लार्स लगरब्याक आइल्याण्डका प्रशिक्षक हुन् र फुटबलको ठूलो प्रतियोगितामा पहिलो पटक देशको नेतृत्व गर्दैछन् । उनले केही खेलाडीहरुको डाइडिङमाथि प्रश्न उठनएका छन् र रोनाल्डो र पेपेको नाम नै लिएका छन् ।

उनले रियल र एथ्लेटिको मड्रिडबीच भएको च्याम्पियन्स लिगको फाइनलमा पेपेले गरेको अभिनयलाई उल्लेख गरे । पेपेले आफ्नो अनुहारमा हात लगेका थिए, जसलाई स्कुल पढ्ने बच्चाले जस्तो गरेको भन्दै आलोचना भएको थियो ।

उक्त खेलमा रोनाल्डो पनि खेलेका थिए र पेनाल्टीमा एथ्लेटिको मडि्रडलाई हराउादै रियलले उपाधि जितेको थियो ।

‘हामीले केही पोर्चुगिस खेलाडीको डाइभिङ हेरेका छाैं’ आइल्याण्डका प्रशिक्षक लार्स लगरब्याकले भने,’पोर्चुगलसाग विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डो छन् । तर, उनी पनि उत्कृष्ट कलाकार हुन् ।’

उनले अघि भने, ‘च्याम्पियन्स लिगको फाइनलमा हामीले अर्को प्रदर्शन हेर्‍यो, जो हलिउडमा हुनुपथ्र्यो ।’

पेपेको नाम उल्लेख गर्दै आइल्याण्डका प्रशिक्षकले भने, ‘तपाई पनि त्यो क्लिप हेर्नुस् । मेरो लागि यो अभिनय हो । उच्च स्तरको । तर, मलाई थाहा छैन हलिउडमा उनीहरुको कस्तो डिमान्ड छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment