Comments Add Comment

चलचित्र र निर्माता संघलाई बोर्ड अध्यक्षको आग्रह–‘सहमती पालना गर्नुहोस्’

चलचित्र संघले आज चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराइलाई स्वागत गरेको छ । चलचित्र संघको कार्यलयमा आयोजित स्वागत कार्यक्रममा संघका अध्यक्ष प्रदिपकुमार उदयले माला र अविर लगाएर बोर्ड अध्यक्षलाई स्वागत गरे ।

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भट्टराइले भने–‘नेपाली चलचित्रका सबैभन्दा ठूला र महत्वपूर्ण संघमा चलचित्र र निर्माता संघ पर्छन् । यसैले, तपाइहरु दुइको पुल बन्ने काम म गर्न सक्छु ।’

उनले चलचित्र संघ र चलचित्र निर्माता संघविच भएका सबै समझदारी दुबै पक्षले इमान्दारिताका साथ पालना गर्न पनि आग्रह गरे । यसो भएको खण्डमा चलचित्र क्षेत्रको गती अगाडि बढ्न समय नलाग्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले यसअगाडिका बोर्ड अध्यक्षहरुले एउटा मात्र संस्थालाई च्यापेर अगाडि बढ्दा समस्या आएको बताए । बर्तमान अध्यक्षबाट सबैलाई समेटेर लान सक्ने क्षमता भएको समेत उनको तर्क थियो ।

यता, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र घरहरुको सुधारमा बोर्ड अध्यक्षले पहल गर्ने विश्वास व्यक्त गरे । चलचित्रलाई अझै पनि उच्च क्वालिटीमा खिचेर कमजोर प्रोजेक्शनमा हलमा चलाउनु परेको भन्दै उनले ८५ भन्दा बढी हलमा यस्तो समस्या रहेको सुनाए ।

 

भट्टराइले गरे बोर्डमा पदभार ग्रहण, भने–‘फिल्म क्षेत्रको अहितमा काम गर्दिनँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment