+
+
Shares

एनसेलको नाम दुरुपयोग गरी फैलाइएका भ्रामक प्रचारप्रति सचेत रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले आफ्नो नाम र लोगो दुरुपयोग गरी नगद पुरस्कारको प्रलोभन देखाएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरेको छ ।
  • कम्पनीले यस्ता भ्रामक विज्ञापनका लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुने र खाताहरू ह्याक हुने जोखिम रहने जनाएको छ ।
  • आफूले यस्तो कुनै योजना सञ्चालन नगरेको स्पष्ट पार्दै एनसेलले केवल आधिकारिक माध्यमबाट सार्वजनिक गरिएका सूचनामा मात्र विश्वास गर्न भनेको छ ।

१ असार, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगोको दुरुपयोग गर्दै सामाजिक सञ्जालका विभिन्न फेसबुक पेज तथा लिंकमार्फत नगद पुरस्कार जित्न सकिने भन्दै फैलाइँदै आएका भ्रामक प्रचारप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

कम्पनीका अनुसार वार्षिकोत्सवको अवसरमा नगद रकम जित्ने अवसर दिइएको दाबी गर्दै केही अनधिकृत स्रोतबाट पोस्ट, स्क्रिनसट, कमेन्ट तथा सन्देशहरू प्रसारित भइरहेका छन्। यस्ता प्रचारप्रसारमा विश्वास नगर्न तथा सम्बन्धित पेज वा लिंकमा क्लिक गरी आफ्नो व्यक्तिगत विवरण उपलब्ध नगराउन कम्पनीले अनुरोध गरेको छ।

एनसेलले यस्ता अनधिकृत पेज, लिंक वा वेबसाइटका भ्रामक विज्ञापनमा विश्वास गर्दा व्यक्तिगत विवरण चोरी हुने, सामाजिक सञ्जाल वा अन्य अनलाइन खाताहरू ह्याक हुने लगायतका जोखिम उत्पन्न हुन सक्ने जनाएको छ।

कम्पनीले आफूले उक्त प्रकारको कुनै पनि योजना सञ्चालन नगरेको स्पष्ट पार्दै एनसेलले कम्पनीको आधिकारिक वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने सूचनामा मात्र विश्वास गर्न भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?