+
+
Shares

लुम्बिनी प्रदेशमा ३८ अर्ब हाराहारीको बजेट आउँदै

बजेट प्रस्तुत गर्न अहिले ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:०१

१ असार, बुटवल ।  लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

बजेट प्रस्तुत गर्न अहिले ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकार स्रोतका अनुसार बजेटको आकार ३८ अर्ब रुपैयाँ हाराहारीको छ ।

बजेटमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?