News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले सरकारले सांस्कृतिक विविधताको संरक्षणलाई उपेक्षा गरेर बजेट ल्याएको टिप्पणी गर्नुभएको छ ।
- पर्यटन विकास र आन्तरिक व्यवस्थापनका लागि नेपालको ‘कल्चरल ल्यान्डस्केप’ को नक्सा बनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
- सांसद तामाङले भन्नुभयो, “हाम्रो तामाङ समाजलाई प्रवर्द्धन गर्यो भने भुटान जानु पर्दैन । तिब्बत जानु पर्दैन ।”
१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले सरकारले नेपालको सांस्कृति विविधताको संरक्षणलाई अन्देखा गरेर बजेट ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटको मन्त्रालयत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रकृतिसँगको अन्तरक्रियामा जुन मानव समाजले भाषा सिप उपकरणहरुको निर्माण गर्यो त्यहीँबाट संस्कृतिको जन्म भएको बताए ।
हरेक समुदायले संस्कृतिको निर्माण गरेको र संस्कृतिले एउटा विश्व दृष्टिकोण बनाएको हुने बताए ।
तामाङ समुदायले विश्वलाई कसरी हेर्छ भनेर त्यसको व्याख्या गरे ।
यसअर्थमा संस्कृति प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा पर्नुपर्ने उनको आग्रह छ ।
उनले राष्ट्रिय संस्कृति ऐनको निर्माण जरुरी रहेको बताए । नेपालको कल्चरल ल्यान्डस्केपको म्याप चाहिँ बनाउन सरकारलाई आग्रह गरे ।
‘राई छ, तामाङहरू नौ–दश वटा जिल्लामा, खसहरू पश्चिम पट्टिको जिल्लामा छन् । त्यसकारण नेपाल आफैंमा पनि आन्तरिक प्रबन्धनका लागि उपयुक्त छ,’ उनले भने, ‘हाम्रो तामाङ समाजलाई प्रवर्द्धन गर्यो भने भुटान जानु पर्दैन । तिब्बत जानु पर्दैन ।’
यसकारण पनि कल्चरल ल्यान्डस्केपको म्याप बनाएर यसलाई नै प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । यसो गरे पर्यटन विकास हुने उनको विश्वास छ ।
प्रतिक्रिया 4