0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दा मैले पनि राखेको थिएँ : दुलाल

उनले भने, ‘कुनै दिन काठमाडौं महानगरको नगरप्रमुखको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुन्डिरहँदा मैले बागमती प्रदेशको हेटौंडामा भौत्तिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा झुन्ड्याएको स्मरण गर्न चाहन्न्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले बागमती प्रदेशको मन्त्री हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको स्मरण गरे ।
  • उनले प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भनी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाए ।

२८ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सन्दर्भ स्मरण गरेका गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कुनै दिन काठमाडौं महानगरको नगरप्रमुखको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुन्डिरहँदा मैले बागमती प्रदेशको हेटौंडामा भौत्तिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा झुन्ड्याएको स्मरण गर्न चाहन्न्छु ।’

सांसद दुलाल अगाडि भन्छन्, ‘त्यसबेला म प्रभावित भएको थिएँ ।’

त्यही पात्रले कार्यकारी प्रमुख भएर प्रधानमन्त्रीको कुर्सीमा आसिन भएपछि संसद्को रोष्ट्रममा नेपालले पनि भारतको भूमि मिचेका रहेछ भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनले बताए ।

‘सत्ताको कुर्सीले एउटा नेपालीको राष्ट्रियताप्रतिको मोह, राष्ट्रियताप्रतिको मावना किन च्युत भयो होला भन्ने मलाई चिन्ता र चासो लागिरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?