News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल रास्वपाको धारणा माग गरेका छन् ।
- प्रधानमन्त्री बालेनले आइतबारको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिएका थिए ।
- प्रधानमन्त्रीले नेपाल र भारतको सीमा समस्या कूटनीतिक छलफलका माध्यमबाट समाधान गरिने उल्लेख गरेका थिए ।
१९ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुललाले भने, ‘नेपालको भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिउपर रास्वपाको धारणा के हो ?’
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिउपर नेकपाले सत्तारुढ दल रास्वपाको धारणा माग गरेको हो ।
प्रतिक्रिया 4