News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री बालेन शाहसँग सीमा विवादबारे संसद्मा स्पष्टीकरण माग गरेकी छन् ।
- सांसद गैरेले नेपालको ६५ हजार हेक्टरभन्दा बढी जमीन भारतले मिचेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरिन् ।
- प्रधानमन्त्री शाहले भारतले नेपालको जमीन मात्र नभई नेपालले पनि भारतको जमीन मिचेको अभिव्यक्ति आइतबार संसद्मा दिएका थिए ।
१८ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहलाई सीमा विवादबारे विवादित अभिव्यक्ति दिनुको कारण के हो भनेर सोधेको छ ।
सोमबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपालको इतिहासमा पहिलो पटक नेपालको संसद्बाट भारतको वकालत गरेको पहिलो पटक सुनिएको बताइन् ।
‘नेपालको प्रधानमन्त्री बालेन्द्र शाहले कुन आधारमा उक्त धारणा व्यक्त गर्नुभएको हो ? स्पष्ट पार्न र यसबारे जवाफ माग गर्न चाहन्छु’ उनले भनेकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।
यसको विरोध गर्दै नेकपाले जवाफ माग गरेको हो ।
नेपालको संसद्बाट भारतको वकालत गर्ने काम दोशद्रोही काम भएको उनले बताइन् । नेपालको ६५ हजार बढी हेक्टर जमिन भारतले मिचेको उनले बताइन् ।
‘नेपालको प्रधानमन्त्रीले भारतको पक्षमा बोल्नु भनेको के भारतलाई खुसी बनाउन खोजेको हो’ उनको प्रश्न छ, ‘नेपालको अस्तित्व गुमाउनेको निम्ति कसैले पहल नगरे हुन्छ ।’
संवैधानिक लोकतान्त्रिक गणतन्त्रमा बसेर बोल्न पाइने तर राष्ट्रियताको विषयमा अन्यथा बोल्न नपाइने उनले बताइन् ।
प्रतिक्रिया 4