News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भन्दै प्रतिनिधि सभा बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
- प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित नगर्न र राज्य शक्तिको दुरुपयोग नगर्न सरकारसँग माग गरे ।
- पत्रकारले लेखेका समाचार नियमन गर्ने निकाय प्रेस काउन्सिल भएकाले सोहीअनुसार गर्न उनले आग्रह गरे ।
१२ जेठ, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय संसद्मै उठेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विगत २४ घण्टामा स्थापित पत्रकारलाई ‘सरकारले गिरफ्तार गर्दैछ’ भन्ने विषयले बजार लिएको स्मरण गराए ।
‘समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित गर्ने जुन प्रवृति देखिएको छ । यसले आम सञ्चारमाध्यममा एउटा संशय पैदा भएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै भने ।
सरकारका राम्रा कामको बखान मात्रै नभएर सरकारको कमिकमजोरीको समाचार पनि लेखिने भएकाले त्यसअनुसार बुझ्नुपर्ने उनको आग्रह छ ।
पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल रहेको भन्दै उनले राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4