0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेकपाले भन्यो : सभामुखले पेलेरै सदन सञ्चालन गर्न खोज्नु राम्रो होइन

नेकपाले प्रतिनिधिसभामा सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । नेकपाका नेता महेन्द्रबहादुर शाहीले मंगलबारको बैठकमा यसबारे प्रश्न उठाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका नेता महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।
  • उनले प्रधानमन्त्रीले बोलेको विषय त्रुटिपूर्ण रहेको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमै जवाफ दिनुपर्ने माग गरे ।
  • शाहीले बजेटका विषयमा अर्थमन्त्रीको भूमिकाप्रति उठेका प्रश्नबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

२६ जेठ, काठमाडौं । नेकपाले प्रतिनिधिसभामा सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । नेकपाका नेता महेन्द्रबहादुर शाहीले मंगलबारको बैठकमा यसबारे प्रश्न उठाएका हुन् ।

‘सभामुखज्युले सदन पेलेरै अघि बढाउने भन्ने हुँदैन । तपाईंको अभिभावकत्व भूमिका महत्वपूर्ण हुन्छ । प्रधानमन्त्रीले बोल्नु भएको कुरा गम्भीर त्रुटि हो । यसबारेमा सदनमै आएर प्रधानमन्त्रीले बोल्नुपर्छ,’ उनले भने, ‘यत्रो विषय उठिसक्यो । यही विषयलाई ठूलो हाइलाइट्स भइरहेको छ । यसका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा दिनै पर्छ । जनताले जवाफ खोजेकै छन् आनाकानी गर्न हुँदैन । सभामुखज्यूले पेलेर हैन छलफल गरेर प्रतिपक्षीलाई साथमा लिएर सही गन्तव्यमा पुग्ने भूमिका खेल्न अनुरोध गर्छु ।’

उनले बजेटका विषयमा अर्थमन्त्रीको भूमिकाप्रति पनि प्रश्न उठेको भन्दै त्यसबारे सरकारले जानकारी गराउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?