+
+
Shares

हेटौंडालाई नै स्थायी राजधानी बनाउन माग

रासस रासस
२०७५ चैत १२ गते १७:०२

१२ चैत, हेटौंडा  । हाल अस्थायी राजधानी रहेको हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ । मङ्गलबार हेटाैंडामा आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिए ।

हेटौंडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौंडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने उनले बताए ।

देशको केन्द्रीय राजधानी काठमाडौंलाई नै असर पर्ने गरी उपत्यका वा त्यस वरपर प्रदेश राजधानी सार्ने हो भने सङ्घीयताका दृष्टिकोणले अनुपयुक्त हुनेमा जोड दिँदै संयोजक चौलागाईंले भने, ‘सवारीसाधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौंलाई थोरै भए पनि राहत दिन, उपत्यकाको धुलो धुवाँ र प्रदूषण थप बड्न नदिनका लागि हेटौंडालाई काठमाडौंको वैकल्पिक शहरका रुपमा विकास गर्न, केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भयो भनेर प्रमाणित गर्न, अर्बौं लगानी गरेर तयार भएका यहाँको भौतिक संरचनालाई उपयोगविहीन बनाएर अन्त फेरि अर्बौं लगानी गर्नबाट रोक्न हेटौँडालाई नै स्थायी राजधानी कायम गर्नुपर्छ ।’

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?