+
+
Shares

एनसेल टावरमा प्रहरी सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १७:००

Ncell-Logo

३१ जेठ, कञ्चनपुर  । देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ ।

देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

“साठीवटै टावरमा कम्पनीका गार्डहरुलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ” प्रवक्ता खनालले भने–“यहाँ आठवटा टावर घरको छत र बाँकी ५८ वटा टावर निजी जमिनमा जडान गरिएका छन् ।”

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?