Comments Add Comment

अध्ययन गर्न विदेश गएका ५ सय कर्मचारी बेपत्ता !

Ministry-of-General-Administration३२ जेठ, काठमाडौं । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ ।

सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै वेपत्ता भएका छन् ।  त्यसरी वेपत्ता हुने कर्मचारीको खोजी गरी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उतै वेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँस सयभन्दा बढी रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विदेश अध्ययन गर्न गएर वेपत्ता भएका कर्मचारीलाई सरकारले निजामी सेवा एनको ४० घ अनुसार कारबाही गर्न सक्ने प्रावधान छ । तर, सरकारी निकायसँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रलय आफैं वेखबर छ ।

सामान्य प्रशासन मन्त्रालयले केही समयअघि मात्रै विदेश अध्ययनका लागि गएर उतै वेपत्ता भएका कर्मचारीको खोजी गर्न विभिन्न सर्च टोली बनाएको थियो । तर ती सर्च टोलीले कुने सफलता पाउन सकेनन् । अधिकांश मन्त्रालय तथा निकायले वेपत्ता भएका आफ्ना मातहतका कर्मचारीको जानकारी नदिएर सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीलाई असहयोग गरेपछि कर्मचारी खोज्ने सरकारी प्रयास असफल भएको हो ।

सामान्य प्रशासन मन्त्रालयको अध्ययन अनुसार नर्वेलगायतका युरोपियन देश, अमेरिका, अस्ट्रेलिया र जापानमा अध्ययनका लागि जने कर्मचारी अध्ध्यन सकेपछि नेपाल र्फकनुको साटो उतै बस्ने गरेका छन् । विशेषगरी कृषि, बन र सिँचाइ मन्त्रालयका प्राविधिकहरु वेपत्ता हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment