+
+
Shares

पहिरोमा पुरिएर ताप्लेजुङमा दुईको मृत्यु, दुई घाइते

रविन भट्टराई रविन भट्टराई
२०७३ जेठ ३२ गते ७:२३

३२ जेठ, ताप्लेजुङ । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार वर्षीय अंशु तामाङ र तीन वर्षीय अमृत तामाङ रहेका छन् ।

kalikop_pahiro_1
फाइल फोटो

आज विहान करिव २ वजेको समयमा माथीबाट झरेको पहिरोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका बालबालीकाको  पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीय सिता तामाङ र दिदी १२ वर्षीय अस्मिता तामाङ घाइते भएका छन् ।
उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

यता,  मेची राजमार्ग अन्तरगत दोखुमा पर्ने ल्याङ्बा सडकखण्ड पहिराका कारण अबरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने  सवारीसाधन वीचमै अलपत्र परेका छन् । मध्य राती देखि ताप्लेजुङमा लगातार वर्षा भईरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानियबासी त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?