+
+

अपहरण मुद्दामा जेल परे सांसद

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते ११:२९

MP-Rama-Kishor-Sing३२ जेठ, काठमाडौं । भारत बिहारका एक सांसद व्यक्ति अपहरणको मुद्दामा जेल परेका छन् । लोक जनशक्ति पार्टीका सांसद रामा किशोर सिंहलाई छत्तीसगढको अदालतले ११ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।

सर्बोच्च अदालतको आदेशपछि सिंहले गत मंगलबार छत्तीसगढको दुर्ग जिल्लास्थित अदालतमा आत्मसर्पण गरेका थिए ।

सांसद सिंहमाथि दुर्ग जिल्लाको कुम्हारी इलाकास्थित २००१ मार्चा २९ मा एक पेट्रोलपम्प व्यवसायी जयचन्द वेदको अपहरण गरेको आरोप लागेको छ । जयचन्दलाई कारसहित अपहरण गरिएको थियो । डेढ महिनापछि उनको रिहाई भएको थियो । प्रहरीको भनाइअनुसार अपहरणमा प्रयोग भएको कार सांसद रामा किशोर सिंहको घरबाट बरामद भएको थियो ।

गत चुनावमा रामा किशोर सिंहले राजदको वरिष्ठ नेता रघुवंश प्रसाद सिंहलाई वैशाली लोकसभा चुनावमा हराउका थिए । त्यसलगत्तै रघुवंशले सिंहविरुद्ध पटना हाइकोर्टमा मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?