Comments Add Comment

अन्ततः अलग भए करिश्मा र संजय, बच्चाको नाममा १० करोड

karisma and sanjaya kapoor
बलिउड नायिका करिश्मा कपुर र उनका पति संजय कपुरविच औपचारिक रुपमै डिभोर्स भएको छ । संजय र करिश्माले सन् २०१४ मा डिभोर्सका लागि अदालतमा अपिल गरेका थिए ।

मुम्बईको पारिवारिक अदालतले यी दुइको अपिलमा सुनुवाई गर्दै औपचारिक रुपमै अलग हुने फैसला सुनाएको छ । अब बच्चालाई करिश्माले राख्न पाउनेछिन् । २ सन्तानका बाबु-आमा संजय र करिश्माको झगडा केही बर्षदेखि चल्दै आएको थियो । जसका लागि संजयले बच्चाको नाममा १० करोडको ट्रस्ट पनि खोलेका छन् । करिश्मा जुन बंगालामा बस्दै आएकी थिइन्, सो बंगाला पनि उनको नाममा गरिएको छ ।

यसका अलवा संजयले बच्चाको पढाई खर्च र अन्य खर्च पनि व्यहोर्नु पर्नेछ । करिश्माले सन् २००३ मा व्यापारी संजय कपुरसँग बिहे गरेकी थिइन् । तर, यो जोडीको बिहे १३ बर्षभन्दा लामो समय टिक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment