Comments Add Comment

लोकसेवा आयोग ६६ वर्ष पुग्यो, सेना प्रहरीमा समेत कार्यक्षेत्र विस्तार

Loksewa-aayog,-PSC१ असार, काठमाडौं । संवैधानिक आयोकका रुपमा रहको लोकसेवा आयोग ६६ वर्षमा प्रवेश गरेको छ । नयाँ संविधानको व्यवस्था अनुसार आयोगको निजामती, शिक्षा सेवामा मात्र नभइप्रहरीमा समेत कार्यक्षेत्र विस्तार भएको छ ।

नयाँ संविधान अनुसार आयोगले आफ्नो विस्तारित कार्यक्षेत्रमा काम गर्न गालिसकेको आयोगका कानुनी अधिकृत लक्ष्मीविलास कोइरालाले अनलाइनखबरलाई बताए ।

वार्षीक उत्सवको अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगको कार्यलय सिंहदरबारमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् ।

सरकारी कार्यालयहरुमा योग्य कर्मचारी छनोट गर्ने उद्देश्यका साथ नेपाल सरकार वैधानिक कानुन, २००४मा  दरखास्त परिषद्को नाममा लोकसेवा आयोगको अवधारणा र संरचनाको सुरुवात भएको थियो ।

विसं २००८ साल असार १ गते अन्तरिम शासन विधान, २००७ को व्यवस्थाअनुसार लोकसेवा आयोगको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment