Comments Add Comment

अर्जेन्टिना समूह विजेता, भेनेजुएला प्रतिद्वन्द्वी पायो

messi१ असार, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समूह डीको विजेता बनेको छ । र, उसले अब क्वार्टरफाइनलमा भेनेजुएला प्रतिद्वन्द्वी पाएको छ ।

बुधबार विहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बाशिङटनस्थित सेल्न्चुरीलिंक फिममा भएको खेलमा अर्जेन्टिनाले १३ औं मिनेटमा लमेलाको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै लाभाजीले अग्रता दोब्बर पारे ।

३२ औं मिनेटमा कोस्टाले गोल गरे र पहिलो हाफमा अर्जेन्टिनालाई ३-० गोलको अग्रता दिलाए । दोस्रो हाफको सुरुमा नै हिगुइनको स्थानमा मेस्सी मैदान प्रवेश गरे । तर, उनी गोल गर्न असफल रहे ।

समूह चरणको तीन वटै खेल जितेको अर्जेन्टिना समूह विजेता बनेको छ ।  बुधबार विहान भएको समूह चरणको अन्तिम खेलमा पेनामामाथि ४-२ को जित हात पारेको साविकको विजेता चिली समूह डीको उपविजेता बनेको छ ।

यससागै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । पहिलो क्वार्टरफाइनलमा अमेरिका र इक्वेडर भिड्नेछन् । पेरुले कोलम्बिया प्रतिद्वन्द्वी पाएको छ । मेक्सिीको र चिली अन्तिम क्वार्टरफाइनलमा भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment