Comments Add Comment

सभापति देउवा असफलः पौडेल

Ramchandra Paudel२ असार, काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा असफ हुँदै गएको दाबी गरेका छन् ।

बुधबार हेटौंडामा पार्टीको मकवानपुर तीन नम्बर क्षेत्रस्तरीय कार्यकर्ता प्रशिक्षणमा बौल्दै उनले पार्टीको नेतृत्व लिनु मात्र ठूलो कुरा नभएको बताए ।

जनतामा पार्टी नेतृत्व स्थापित हुन नसकेको आरोप लगाउँदै पौडेलले भने,’ कर्मचारीको निर्वाचनमा हार व्यहोर्नुपर्‍यो, अब आने निर्वाचनहरुका लागि पनि यो राम्रो संकेत होइन ।’ आजको अन्नपूर्णमा समाचार छ ।

सिद्धान्तले जित्दै गए पनि कांग्रेसले भने जित्न नसकेको उनको भनाइ छ ।  ‘कांग्रेस पहिलो पार्टी भएपनि दोस्रो संविधानसभा निर्वाचनमा भोट हाल्ने जनता जम्म ३४ प्रतिशत मात्र थिए’ पौडेलले प्रश्न गरे ‘ के अरु जनताले प्रजातन्त्र स्वीकार गरेका छैनन त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment