Comments Add Comment

यो हो दुनियाको सबैभन्दा धेरै पानी पर्ने गाउँ

rainविश्वको सबैभन्दा बढि पानी पर्ने ठाउँ कुन हो ? लोकसेवा आयोगको तयारी गरिरहेकाहरुले यो प्रश्नको जवाफ फ्याट्टै भनिहाल्छन् । त्यो हो, भारतको मासिनराम ।

यद्यपि कतिपयले भारतकै चेरापुन्जीलाई समेत सबैभन्दा धेरै पानी पर्ने ठाउँको रुपमा लिएको पाइन्छ । तर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सबैभन्दा धेरै पानी पर्ने ठाउँको रुपमा दर्ज भएको गाउँ हो, भारतको मेघालय राज्यको मासिनराम गाउँ ।

यो गाउँमा चेरापुन्जीमा भन्दा पनि १ सय मिलिमिटर वाषिर्क बढि पानी पर्छ । यहाँ औषतमा वाषिर्क ११ हजार ८७१ मिलिमिटर वर्षा हुन्छ । यहाँ हुने वाषिर्क वर्षा मध्ये ९० प्रतिशत त वर्षको ६ महिनामै हुन्छ । जुलाई महिनामा अधिक वर्षा हुन्छ यहाँ ।

मासिनराम तथा चेरापुन्जीका मानिसहरु वषर्ाबाट ओत लाग्नका लागि बेतबाँसका घुम ओढ्ने गर्छन् जसलाई स्थानीय भाषामा कनूप भनिन्छ । यस्ता घुम ओढेपछि जति पानीपरेपछि जिउ ओभानो रहन्छ र पानी परिरहेको बेलामा पनि हिड्न तथा काम गर्न सकिन्छ ।

धेरै पानी परिरहने हुनाले यहाँ खेतिपाती गर्न निकै मुस्किल छ । पुल तथा अन्य भौतिक संरचना जोगाउन पनि गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment