+
+

आस्था र सुप्रिन्सलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते ९:१३

third miss slcकाठमाडौं । ‘तेस्रो मिस एसएलसी नेशलन-२०१६को उपाधि आस्था थापाले जितेकी छिन् ।

राजधानीमा सम्पन्न प्रतियोगितामा आस्थाले आफ्ना ४० प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधि जितेकी हुन् । उनले मिस ट्यालेन्टको उपाधि पनि जितिन् ।

फस्ट रनर अप सहित ‘बेष्ट पर्सनालिटी’को उपाधि सृष्टी कुँवरले जितिन भने सेकेण्ड रनर अपको उपाधि नेहा गौतमले  पाईन् । सोही मञ्चमा भएको ‘तेस्रो मिस्टर एसएलसी नेपाल-२०१६’को उपाधि सुपि्रन्स श्रेष्ठले जिते ।

उनले मिस्ष्टर कन्जिनियालिटीको उपाधि पनि पाए । यस्तै फस्ट रनर अप सहित ‘म्यानेजमेन्ट च्वाईस’को उपाधि बिराज सिंह कार्कीले हाँसिल गरे भने सेकेण्ड रनर अपको उपाधि समीर गुरुङले प्राप्त गरे ।

युहान इन्टरनेशनल इभेन्टस्ले यी दुबै प्रतियोगिता एउटै मञ्चमा आयोजना गरेको थियो । मिष्टर एसएलसी नेपाल तर्फ ‘बेष्ट पर्सनालिटी’ विवेक मानन्धर, ‘मिस्टर फोटो जेनिक’ बिराज बिष्ट, ‘पब्लिक च्वाईस’ सुमन थापा क्षत्री र ‘मिस्टर ट्यालेन्ट एवं भिवर्स च्वाइस’ सिमन उदयले प्राप्त गरे ।

मिस एसएलसी नेशनल तर्फको अन्य उपाधिमा तेनिषा महर्जन ‘बेष्ट स्किन’, सुजी महज ‘बेष्ट स्माईल’, प्रणिता श्रेष्ठ ‘मिस कन्फिडेन्ट’ बन्न सफल भए ।

‘म्यानेजमेन्ट च्वाईस’को उपाधि मोनिका तामाङले ‘फोटो जेनिक’को उपाधि सागरिका श्रेष्ठले, ‘बेष्ट वाक’को उपाधि रश्मी राई र ‘पब्लिक च्वाईस’को उपाधि आषिका योञ्जन लामाले हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?