Comments Add Comment

ऋतिकको रोमान्स १७ बर्ष कान्छी पूजासँग

puja in mohande jaro looks
आशुतोष गोवारीकर निर्देशित चलचित्र ‘मोहन्जो दारो’ मा अभिनय गरेकी पूजा हेगडेको फष्टलुक सार्वजनिक भएको छ । चलचित्रमा उनको नाम चानी रहेको छ । पोष्टरमा उनलाई प्रिन्सेस जस्तो देखाइएको छ ।

२५ वर्षिया पूजाको यो नै पहिलो बलिउड चलचित्र हो । यसअघि उनले केहि तामिल र तेलुगु चलचित्रमा उनले अभिनय गरेकी थिइन् । ‘मोहन्जो दारो’मा पूजा आफु भन्दा १७ वर्ष जेठा नायक ऋतिक रोशनकी नायिका बनेकी छिन् । यसमा ऋतिक र पूजाको केहि रोमान्टिक दृष्य समेत समावेश छ ।

महाराष्ट्रमा जन्मेकी पूजा सन् २०१० मा मिस युनिभर्स पेजेन्टमा सहभागी भएकी थिईन् । जुन प्रतियोगितामा उनी सेकेण्ड रनरअप भएकी थिईन् ।

आशुतोषकी श्रीमतिले खोजेकी थिइन्
आशुतोष गोवारीकरकी श्रीमति सुनिताले पूजालाई एउटा विज्ञापनमा देखेकी थिइन्, त्यसपछि सुनिताले नै पूजालाई अडिसनका लागि बोलाएकी थिइन् । पूजा अडिसन उत्तिर्ण भईन् र फिल्ममा अनुबन्ध भईन् ।

यसपछि पूजाले कुनै पनि दक्षिण भारतिय चलचित्र खेलेकी छैनन् । ‘महोन्जो दारोकै कारण पूजाले मणिरत्नमको अफर समेत अस्वीकार गरेको केहि भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment