Comments Add Comment

अल्भारो मोराटा भर्सेस आर्दा टुरान

players (3)

आर्दा टुरान

आर्दा टुरानले समूहको पहिलो खेलमा क्रोएशियाबिरुद्ध कुनै जादू देखाउन सकेनन्, जति उनीबाट अपेक्षा गरिएको थियो । त्यसैले प्रशिक्षक फतिह टेरिमले उनलाई ६० मिनेटमै सब्सिच्युड गराएका थिए ।

२९ बर्षीय आक्रामक मिडफिल्टडर टुरानले सामाजिक सञ्जाल मार्फत आइतबारको खेलमा राम्रो प्रदर्शन गर्न नसकेकोमा क्षमायाचना गरेका छन् भने स्पेनसँगको खेलमा त्यो गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

लामो समयसम्म स्पेनीस टोलीबाट खेलेका बार्सिलोनाका स्टार टुरानले आज हुने स्पेनबिरुद्धको खेलमा मुख्य जिम्मेबारी संहाल्नेछन् । स्पेनलाई स्तब्ध पार्न प्रशिक्षक टेरिमले मुख्य हतियारको रुपमा उनलाई पुनः विश्वास गरेका छन् ।

टर्कीको टोलीबाट ९२ खेल खेलेका टुरानले १७ गोल गरेका छन् । घरेलु क्लव गालातासारेबाट व्यवसायिक करिअर सुरु गरेका उनले २०११ देखि २०१५ सम्म एथ्लेटिको मडि्रडबाट खेल्दा १२७ खेलमा १३ गोल गरेका थिए । त्यस्तै गत सिजन बार्सिलोनाबाट खेलेका उनले १८ खेलमा २ गोल गरेका छन् ।

अल्भारो मोराटा

डेब्यू प्रतियोगिताको पहिलो खेलमा चेक रिपब्लिक बिरुद्ध निराशाजनक प्रदर्शन पछि स्पेनिस टोलीका प्रतिभाशाली युया फरवार्ड अल्भारो मोराटाले तीन दिनसम्म यस्तो सोचे कि जसरी मैले अवसर पाएको थिएँ त्यसलाई सदुपयोग गर्न सक्नुपर्थ्यो ।

प्हिलो खेलको दवाव अव सकिएको छ । मुख्य जिम्मेबारीमा रहेका उनले खराव प्रदर्शन गरेपनि स्पेनखेल खेल जित्यो र केहि हदसम्म राहत मिल्यो । र अव विश्व उत्कृष्ट स्पेनिस मिडफिल्डले उपलब्ध गराएको बललाई मोराटाले जाली चुमाउने अपेक्षा गरिएको छ ।

ग्त सिजन युभेन्टसबाट उत्कृष्ट सिजन बिताएका मोराटालाई भित्र्याउन युरोपमा चर्चित क्लवहरु हृात धोएर लागिपरेका छन् । त्यस्तो अवस्थामा आफनो मूल्य बृद्धि गराउने उत्कृष्ट अवसरका रुपमा उनलाई युरो २०१६ सिँडी बनेको छ । टर्कीबिरुद्ध उनले राम्रो प्रदर्शन गरेमा अवश्यपनि उनी व्यवसायिक करिअरमा मूल्यबान हुनेछन् ।

दुई सिजन रियल मडि्रडमा बिताएर इटालीयन महारथी युभेन्टस गएका उनले ६३ खेलमा १५ गोल गरेका छन् । सन् २०१४ मा स्पेनिस टोलीबाट डेब्यू गरेयता २३ बर्षीय यी स्ट्राइकर १० खेलमा ३ गोल गरेका छन् । यसपटकको युरोमा स्पेनिस अग्रपंक्ति मुख्यतः उनकै जिम्मामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment