Comments Add Comment

राफायल गेरेरो भर्सेज जुलियन बाउमगाटलिंगर

Raphael-Guerreiro-Vs-Julian-Baumgartlinger

राफायल गेरेरो

प्रतियोगिताको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध पोर्चुगिज टोलीको प्रशर्न बिर्सनलायक रहेपनि लेफ्ट ब्याक राफायल गेरेरोको प्रदर्शन भने अविस्मरणीय थियो ।
विपक्षीको आक्रमण चिर्न यी स्टारले धेरे हदसम्म प्रयास गरेका हुन् ।

आइसल्याण्डबिरुद्धको खेलमा राइट र लेफ्ट ब्याकबाट खेल्दे दुवै खेलाडीको प्रदर्शन उल्लेख्य थियो । राफायलको राइट ब्याक एपलोम्बसँगको तालमेलले अक्सर कमजोर मानिने पोर्चुगिज डिफेन्स केहि सुधारिएको अनुभव गर्न सकिन्थ्यो ।

गत बुधबार जर्मन टोली बोरुशिया डर्टमुण्डमा आवद्ध भएको घोषणाले यी २२ बर्षे युवा स्टार करिअरको शिखरतिर लम्कँदै गरेको भान हुन्छ ।

पोर्चुगिज स्टार तथा कप्तान क्रिष्टियानो रोनाल्डो पनि सहमत छन् कि केहि स्थितिमा टोलीबाट फ्रकिक प्रहार गर्ने जिम्मा रफायलको पनि आउन सक्छ । सन् २०१४ को अन्त्यतिर राष्ट्रिय टोलीबाछट डेब्यु गरेयता उनले ८ क्याप जितेका छन् भने २ गोलपनि गरेका छन् ।

जुलियन बाउमगाटलिंगर

डिफेन्सिभ मिडफिल्डर जुलियन बाउमगाटलिंगर हंगेरीबिरुद्धको खेलमा अष्ट्रियाको टोलीका सबैभन्दा प्रभावशाली खेलाडी थिए । सायद पोर्चुगलबिरुद्ध पनि उनको प्रदर्शन यस्ते हुने अपेक्षा प्रशिक्षक मार्केल कुलरले गरेका छन् ।

उनको भिजन, पास, ट्याकल र अभुतपूर्व स्टामिनाका कारण पहिलो खेलमा उनी सबैभन्दा सक्रिय देखिउका थिए । यद्यपी त्यस खेलमा ह.गेरी २-० ले हावी रहृयो ।

आजको खेलमा पोर्चुगिज मिडफिल्डरको घातक आक्रमण रोक्नका लागि अष्ट्रियाको टोलीबाट मूख्य जिम्मेबारी उनेको काँधमा हुनेछ । मोउथिन्हो जस्ता मिडफल्डरलाई रोक्ने चुनौति जुलियनका लागि सहज भने हुनेछैन । त्यसमा पनि अष्ट्रियाले ह.गेरीभन्दा बलियो प्रतिद्धन्दीको सामना गर्न गइरहेको छ ।

यद्यपी आजको खेलमा स्पष्ट तीन अंक हासिल गर्नका लागि अष्ट्रियन टोलीका लागि जुलियनले मात्र उत्कृष्ट खेलेर पुग्दैन । सम्पूर्ण टोलीको प्रदर्शनमा सुधार आउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment