Comments Add Comment

रसुवामा बन्दरगाह निर्माण प्रक्रिया सुरु

५ असार, काठमाडौं ।  नेपालवाट चीन प्रवेश गर्ने दोश्रो ठूलो तथा छोटो रसुवागढी नाकास्थित भोटोकोसी किनारमा सुख्खा वन्दरगाहको निर्माण प्रक्रिया सुरु भएको छ ।

सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दुरीमा रहेको टिमुरे गाविसको टिमुरेमा सुख्खा वन्दरगाह निर्माण प्रक्रिया सुरु भएको रसुवा प्रशासनले जनाएको छ ।

छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङ नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको जग्गा अधिग्रहणको काम सकिएको छ । हाल मुआब्जा वितरणको तयारी भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

उनका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविसको जग्गा अधिग्रहण सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । वाणिज्य मन्त्रालयले रकम उपलव्ध गराएपछि मुआव्जा वितरण हुने जनाइएको छ ।

सुख्खा वन्दरगाहका लागि प्रयोग गरिने ५९ रोपनी जग्गाको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्ने भएका छन् । जग्गा प्राप्ति ऐनअन्तर्गत सडकले छोएका जग्गाको ६ लाख रुपैयाँ प्रतिआना पाउने भएका छन् ।

स्याफ्रुबेंसी –रसुवागढी सडक मार्गले नछोएका भित्री जग्गाको चार लाख प्रतिआना मुआब्जा निर्धारण गर्ने कार्य सम्पन्न भई वितरण गर्नुपर्ने ४८ करोड रुपैयाँ रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस भइसकेको बताइएको छ । मुआब्जा पाउनुपर्नेमा ५२ स्थानीयवासी लगायत छन् ।

रसुवाको टिमुरे क्षेत्रको तल्लो तटीय प्रहरी जाँच चौकीको सेरोफेरोदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म भोटेकोसी नदी आसपास क्षेत्रमा सडकभन्दा पश्चिम भागमा सुख्खा बन्दरगाह बन्ने बताइएको छ । सुख्खा वन्दरगाह काठमाडौँदेखि एक्सय ५० किलोमिटर दुरीमा रहेको छ ।

यस्तै ६८ करोडको लागतमा निर्माण हुने रसुवागढी एकीकृत भवनको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेनटाइन कार्यालय, बैंक र सुरक्षा समेतका निकाय रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment