+
+
Shares

चट्याङ लागेर हेटौँडामा दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते १०:१७

chatyang-lighting५ असार, हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?