+
+
Shares

एक्ली दुर्गालाई भएन डेरामा बसेको अनुभुती

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते ११:४१

durgar kharel photo
गायिका दुर्गा खरेल सिंगल छिन् । सिंगल हुँदा आफ्नै शैलिले काम गर्न पाइने उनी बताउँछिन् । तर, उनले करिअर बनाउन गरेको दुःख भने बिर्सेकी छैनन् । उनी भन्छिन्-‘कहिलेकाँही खाना बनाउन सार्‍है अल्छी लाग्छ, त्यस्तो वेलामा दिक्क लाग्छ ।’

झापाको भद्रपुरमा जन्मेकी दुुर्गा करिअर बनाउन भन्दै काठमाडौ आएकी हुन् । पहिला दिदी र दाई उनको साथमा थिए । अहिले एक्लै बस्दै आएकी छिन् । ‘माइली दिदीको विहे भयो, दाई बाहिर जानु भो म अहिले एक्लै छु ।’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

काठमाडौ आए लगत्तै उनको डेराको बास सुरु भएको हो । तर, आजसम्म डेराको अनुभुति नभएको बताउँछिन् दुर्गा । ‘मलाई त डेरामा बसेको छु जस्तो अनुभुती नै भएन ।’ उनले भनिन् ।

जहाँ बसेपनि घरबेटीसँग अंकल अन्टीको जस्तै साईनो हुन्छ उनको । त्यहि कारणले गर्दा होला उनलाई पनि छोरीकै ब्यबहार गर्ने गरेका छन् । आफु बसेको वरपर सफा गर्नुपर्छ भनेर कसैले भनिरहनु पर्दैन उनलाई ।
दुर्गा चलचित्रदेखि आधुनिक गीतसंगीतमा पनि अगाडि छिन् । विशेषगरि, उनी संगीतकार अर्जुन पोख्रेलको गीतमा धेरै आवाज भर्छिन् ।

घर सफा गर्ने काममा बढी नै जाँगरिली छिन् उनी । भन्छिन्-‘घर मात्रै हैन, सफा सुंघर गर्ने मामलामा म अगाडि छु’ दुर्गाले भनिन् ।

बजारका चीजबीज असाध्यै कम प्रयोग गर्ने यी सुन्दरी गायिकाले ड्राई फुड नखाने बताइन् । दुर्गाको भनाई अनुसार थोरै भएपनि उनी दालभात तरकारी नै खान्छिन् । भन्छिन् ‘थोरै खान्छु तर, दाल भात नै खान्छु । बजारको परिकार मन पर्दैन ।’ बिहेको बिषयमा उनको अहिलेसम्म कुनै योजना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?